LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाममा । एक महिलालाई परिवारकै सदस्यले विष खुवाएर हत्या प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ थापाचोकमा बेचन यादव र उनका परिवारका सदस्यले २१ वर्षीया बुहारी दुर्गा देवीको हत्या प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।
दुर्गादेवीको माइती पक्षले छोरीको हत्या प्रयास भएको भन्दै ससुरा बेचन, सासु लक्ष्मीनिया, पति रामेश्वर र देवर सुलिविरुद्ध उजुरी दिएका हुन् ।

१० असारको राति २ बजेतिर दुर्गालाई पति रामबाबु र देवर सुनिल यादवले सिकिस्त अवस्थामा अस्पताल पु¥याएका थिए । उनले विष सेवन गरेको परिवारको दाबी छ ।

होसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छन् । ‘ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गर्नुभयो’ दुर्गाले भनिन्, ‘अलिअलि मात्र सम्झना छ, स्प्राइटजस्तो बोतलमा रहेको तितोे तरल पदार्थ जबर्जस्ती खुवाउनुभयो । त्यसपछि के भयो थाहा भएन, होसमा आउँदा म आईसीयूमा थिएँ ।’

४ वैशाख २०७९ मा विवाह गरेका दुर्गा र उनका पति रामेश्वरका ४ महिनाका छोरा छन् ।

बिहे भएर आएदेखि नै ससुरा बेचन र सासु लक्ष्मीनिया देवीले यातना दिँदै आएको दुर्गाको भनाइ छ । सासुले आफ्नो छोरी निर्मलालाई छोरा दिन दबाब दिएको र त्यसैका लागि हत्या प्रयास भएको उनको दाबी छ ।

जनकपुरस्थित कृष्णा नर्सिङ होममा चारदिन आईसीयूमा उपचारपछि शनिबार जनरल बेडमा सारिएकी उनको अवस्था सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकका अनुसार आँप पकाउन प्रयोग हुने ओपी नामक विषादी शरीरमा फैलिएर दुर्गाको स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

यता धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले महिला सेलमा परेको उजुरीबारे अनुसन्धान भइरहेको बताए ।

उनले दुर्गालाई जबरजस्ती विष खुवाएको वा अन्याय भएको रहेछ भने दोषीमाथि कानुन बमोजिम कारबाही हुने बताए ।

सम्बन्धित खबर