LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । “साईवर सुरक्षा, यौनिकता तथा बाल बालिका संरक्षण“ सम्बन्धी चित्रकाला प्रतियोगितामा सरस्वति माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग तथा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा प्याक नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा जनकपुरधाम–९का अवस्थित श्री सरस्वती माविका विद्यार्थीहरुले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । त्यसैगरि, जनकपुरधामका श्री संकट मोचन माविका दोस्रो र श्री राजर्षि जनक माविका विद्यार्थीहरुले तेस्रो स्थान र माध्यमिक विद्यालय सोहनी मुजेलियाले चौथौ स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई शिल्डसहित विद्यार्थीहरुलाई कलम कोषिसहित पुरस्कृत गरिएको थियो ।
प्रतियोगितालाई सम्बोधन गर्दै जनकपुरधामका उपमेयर किशोरी साहले बढ्दो गएको साईवर क्राइमको वारेमा प्रतियोगिता मार्फत विद्यार्थीहरुमा जनचेतनामा वृद्धि हुने बताए । विद्यालय पढ्ने गरेका छात्रछात्राहरुको साईवर सुरक्षा, यौनिकता तथा बालसंरक्षण विषयमा जनचेतना हुनु अहिलेको आवश्यकता रहेको बताए । राजर्षि जनक माविका प्रधानध्यापक विनोद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याक नेपालका कार्यकारी निर्देशक सुनिल यादवले आधुनिकतासँगै साईवर सुरक्षा सम्बन्धी चुनौतिहरु बढ्दै गएको अवस्थामा विद्यालय स्तरबाटै बालबालिकालाई यस विषयमा जानकारि हुनु अति आवश्यक रहेको बताए । यस्ता कार्यक्रमले छात्रछात्राहरुमा साईवर, बालसंरक्षण लगायतका विषयमा जनचेतना बढ्ने बताए ।

सम्बन्धित खबर