LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । नेपाली कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधीले संघियतालाई संस्थागत गर्न शान्तिपुर्ण संवैधानिक लडाई लडनुपर्ने बताए ।
संयिघतालाई संस्थागत गर्न संघिय सरकार प्रतिवद्ध नरहेको उल्लेख गर्दै नेता निधीले संविधान अनुसार प्रदेश सरकारले अझै अधिकार नपाएको बताए ।
शनिवार जनकपुरधाममा महावीर युवा कमिटिको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले भने,‘ संघिय सरकार सरकार संघियताको मर्म अनुसार काम गर्न सकिरहेको छैन । र, प्रदेश सरकारले पनि संघियको संस्थागत गर्न अग्रसर देखिदैनन् । त्यसकारण अव संघियतालाई बचाउन आन्दोलनको आवश्यकता छ ।’
कुनै समय काँग्रेस भनेको मधेश र मधेश माने काँग्रेस बुझिन्थियो, नेता निधीले भने,‘ तर अचेल यो नारा फेरिएको छ । त्यसकारण विगतको जस्तो पुनः मधेशको काँग्रेसलाई स्थापित गराउनुपर्ने अहिलेको आवश्यकता हो ।’
जनकपुरधाम प्रदेशको राजधानि भएकोले यहाँको आथिएक गतिविधि बढाउनुर्पे भन्दै नेता निधीले यहाँको समाजिक कार्यहरुमा यहाँका समाजिक संस्थाहरुले अगाडी बढ्नुपर्ने र समाजमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुपर्नेमा जोड दिए । कमिटिको निर्वाचन अधिकृत राकेश विक्रम साहले कमिटिको नव निर्वाचित अध्यक्ष अजय गुप्ता सहित ११ सदस्सीय नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।

सम्बन्धित खबर