LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

एसिया कप २०२३ को उद्‌घाटन खेलमा आज सह-आयोजक पाकिस्तान र नेपालबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल पाकिस्तानको मुल्तान रंगशालामा दिउँसो सवा ३ बजे हुनेछ।
मुल्तानमा सन् २००१ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालिएको हो। यहाँ अहिलेसम्म ६ टेस्ट र १० एकदिवसीय खेल भएका छन्। रंगशालामा २२ हजार ९० जना दर्शक अटाउँछन्।
मुल्तान मैदानमा १३ वटा पीच छन्। पीच विशेष गरी तीव्र गतिका बलरका लागि सहयोगी हुने पाकिस्तानका पूर्वकप्तान तथा हाल पाकिस्तान टिमको मुख्य चयनकर्ता इन्जमाम उल-हकको भनाइ छ।
यहाँ पाकिस्तान सुपर लिगको आठौं सिजनको उद्‌घाटन भएको थियो।
यो मैदानको एकदिवसीय खेलमा उच्च योगफल ३२३ रन हो। जुन रन पाकिस्तानले सन् २००३ मा बंगलादेशविरूद्ध बनाएको थियो। मैदानको कम योगफल १४८ रन हो। जुन पाकिस्तानविरुद्ध जिम्बावेले सन् २००४ मा बनाएको थियो।
यो मैदानमा पार गरिएको ठूलो लक्ष्य ३०६ रन हो। जुन पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध २०२२ मा पूरा गरेको थियो।

एसिया कपको सम्पूर्ण जानकारी :-सहभागी टिम
अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिँदैछन्।
आयोजक
पाकिस्तान र श्रीलंका एसिया कप २०२३ को सह-आयोजक हुन्। एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो। त्यसैले खेलहरु श्रीलंकामा पनि हुन लागेका हुन्। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।
फर्म्याटएसिया कप २०२३ का खेलहरु ५० ओभरको हुनेछन्। सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो।
खेल समय र प्रत्यक्ष प्रसारणएसिया कपका सबै नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछन्। नेपालमा स्टार स्पोर्ट्स नेटवर्कबाट प्रत्यक्ष खेल हेर्न सकिनेछ।प्रतियोगिताको समूह विभाजन र फाइनल पुग्ने समिकरण६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर-फोर चरणमा प्रवेश गर्नेछन्। त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन्।

खेल मिति
भदौ १३ मा नेपालले मुल्तानमा पाकिस्तानसँग खेलेर सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ। प्रतियोगितामा फाइनलसहित १३ खेलहरू हुनेछन्।नेपालको पहिलो सभागिता
यो वर्ष नेपालले एसिया कपमा डेब्यू गर्दैछ। गत अप्रिल-मेमा नेपालमा भएको एसिसी पुरुष प्रिमियर कप जितेर नेपाल एसिया कपका लागि छनोट भएको थियो।छनोट प्रतियोगितामा १० टिमको सहभागिता थियो र फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।

नेपाल हाल आइसिसी एकदिवसीय वरीयतामा १५ औं स्थानमा छ र एसिया कपमा २० वर्षीय रोहित पौडेलको नेतृत्वमा खेल्नेछ।नेपालका खेल
नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)
नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)

नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

भारत र पाकिस्तानको खेल
एसिया कप २०२३ मा भारत र पाकिस्तान तीन पटक खेल्ने सम्भावना छ। समूह चरणमा पहिलो पटक खेलेपछि उनीहरू सुपर-फोर र फाइनलमा भिड्न सक्नेछन्। यसो हुन समूह चरणमा नेपाल बाहिरिनु पर्दा सुपर-फोरमा अफगानिस्तान, बंगलादेश र श्रीलंका मध्ये दुई टिमलाई पाखा लगाउनु पर्नेछ।

इंग्ल्यान्डमा सन् २०१९ एकदिवसीय विश्वकप खेलेपछि भारत-पाकिस्तान पहिलो पटक एकदिवसीय खेलमा भिड्न लागेका हुन्।

गत वर्षको टी-२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेल पाँच विकेटले नै भारतलाई हराएको थियो।

खेल तालिका
नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)
बंगलादेश भर्सेस श्रीलंका – भदौ १४ (श्रीलंका, क्यान्डी)
पाकिस्तान भर्सेस भारत – भदौ १६ (श्रीलंका, क्यान्डी)
बंगलादेश भर्सेस अफगानिस्तान – भदौ १७ (पाकिस्तान, लाहोर)
नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)
अफगानिस्‍तान भर्सेस श्रीलंका – भदौ १९ (पाकिस्तान, लाहोर)
सुपर फोर – भदौ २० देखि भदौ २९ सम्म
फाइनल – भदौ ३१

सम्बन्धित खबर