LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशका अझै लैंिगक हिँसा कायम रहेकोले त्यसलाई न्युनिकरण गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।
इस्लामिक रिलिफ क्यानाडा÷इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा ग्रामिण विकास केन्द्र नेपाल, रौतहटले मंगलवार जनकपुरधाममा संचालन गर्ने जिम्मेवारी, लैंगिक हिंसा न्युनिकरण परियोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो धारणा राखेका हुन् । उनले प्रदेशका विभिन्न जिल्लामा संचालन हुने उक्त परियोजनाले लैंगिक हिंसा न्युनिकरणका साथै आर्थिक तथा समाजिक अवस्थामा सुधार ल्याउने बताए । सिमानकृत, गरिब,दलित तथा विपन्न सामुदाय अझै लैंगिक हिंसामा पर्ने गरेको बताउँदै मन्त्री यादवले यस्ता विकृतिलाई न्युनिकरण गर्न मधेश प्रदेश सरकार समेत गम्भिर रहेको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका ग्रामिण विकास केन्द्र नेपालका पारस हुसेनले परियोजना अन्तर्गत हिंसामा परेका महिला तथा बालबालिकालाई समाजिक तथा आर्थिक सहयोग गरि जिवीकोपार्जन सम्मको व्यवस्थापनको गरिने कार्यक्रम रहेको बताए । संघिय, प्रदेश तथा स्थानीय तह गरि तीनै तहका सरकारसँग सहकार्यमा गरि यो परियोजना संचालनमा भईरहेको उनले बताए । ग्रामिण विकास केन्द्र नेपालले रौतहटको राजपुर नगरपालिका र चन्द्रपुर नगरपालिकाका यो परियोजना संचालन गरिरहेको उनले बताए ।
परियोजना अन्तर्गत लैंगिक हिंसा तथा जोखिममा रहेका परिवारलाई जीविकोपार्जनका सीपमुलक तालिम, उत्पादनशिल तालिम, जीविकोपर्जनका लागि ऋणको व्यवस्था, स्थानीय स्तरमा ४० वटा घर निर्माण, किशोरकिशोरीहरुलाई सामुदायिक सिकाई केन्द्रहरुमा लैंगिक हिंसा विरुद्धका सत्रहरु संचालन गर्ने, शिक्षामा पहुँज नभएका बालबालिकाहरुलाई शिक्षामा पहुँज गराउने लगायतका कार्यक्रमहरु रहेको उनले बताए ।

सम्बन्धित खबर