LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले आफ्ना ११ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
आफ्नो एक छेऊमा महन्थ र अर्को छेऊमा मौलनालाई राखेर सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा जनकपुरधामको फोहर व्यवस्थापनदेखि भष्टाचार नियन्त्रणको लागि साता विवरण प्रकाशन गर्ने सम्मको बुँदा प्रतिवद्धता पत्रमा समावेश गरिएको छ ।
प्रतिबद्धता–पत्रमा असहाय र गरिब विद्यार्थीका लागि विशेष छात्रवृति योजना ल्याउने, गरिबलाई स्नातक उत्तीर्ण गरेपछि रोजगारी सुनिश्चित गर्न जनकपुरधाम उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याउने, अवकाशप्राप्त ज्येष्ठ नागरिक र महिलाका लागि निःशुल्क अध्ययन स्थलको रुपमा ५ वर्षभित्र प्रत्येक वडामा सार्वजनिक पुस्तकालयको स्थापना गर्ने, शैक्षिक संस्थाको मातहतमा रहेका सम्पतिको सूचीकरण गरी वार्षिक विवरण प्रकाशन गरिने, शिक्षकको वार्षिक विवरण तयार गरेर सबैको भूमिका र योगदानको उचित सम्मान गर्ने लगायत बुँदा समावेश गरिएको छ ।
त्यसैगरि, नगरवासीलाई स्वास्थ्य बिमा गराउन अनुरोध गर्दै आवश्यक समन्वय गरिने, हरेक घरको स्वास्थ्यसम्बन्धी जानकारी राख्ने, आवश्यक स्वास्थ्य सेवाको लागि हरेक टोलमा युवा र महिलालाई समावेश गराएर स्वास्थ्य स्वयमसेवक परिचालन गर्ने, नगरमा बेरोजगार महिलाको समूह बनाएर स्वास्थ्य र स्वच्छ समाजको लागि तालिम प्राप्त अभियन्ता बनाइने, मधुमेह र बाथ रोगका रोगीलाई निःशुल्क औषधि वितरण गरिने योजना साहले आफ्नो प्रतिबद्धता–पत्रमा समावेश गरेका छन् ।
नगरका आवश्यक स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने, मठ, मन्दिर, मस्जिद र धर्मशाला क्षेत्रमा अनिवार्य रूपमा विशेष सुरक्षा योजना ल्याइने, आफू निर्वाचित भएको ६ महिनाभित्र डम्पिङ साइटको व्यवस्था गर्ने, नियमित फोहोर संकलन तथा व्यवस्थापन, ढल निकास, फोहोर संकलनको व्यवस्थित तरिका र बोट, बोट बिरुवा रोप्ने काम गर्नुका साथै सांस्कृतिक क्षेत्र मठमन्दिर, मस्जिद क्षेत्रको सरसफाइमा विशेष ध्यान दिने, सहरभित्रको पोखरी सफाइका लागि पोखरी व्यवस्थापन समितिको स्थापना गरेर सबैको सफाइको लागि बजेट छुट्टयाउने, नगरको २५ वटै वडामा सफाइ अभियान सञ्चालन गरेर वार्षिक प्रतिस्पर्धा गरिने, अवकाशप्राप्त नागरिकलाई सफाइ अभियान बनाएर जिम्मेवारी दिई अवकाशप्राप्तका लागि आम्दानीको बाटो पनि बनाउनुका साथै फोहोरलाई मोहोरमा बदल्ने अभियान सञ्चालन गरिने योजना उनको प्रतिबद्धता–पत्रमा उल्लेख छ ।
प्रतिवद्धता सार्वजनिक कार्यक्रममा साहले आफू निर्वाचित हुँदा पुरानो व्यावसायिक व्यक्तिहरुमा रहेको व्यावसायिक सीपलाई नयाँ पुस्तामा हस्तान्तरण अभियान सञ्चालन गर्ने, स्थानीय महिलालाई सीप सिकाउने र आफैँ केही व्यवसाय सञ्चालन गराउने उद्देश्यले महिला स्वरोजगार अभियान सञ्चालन गराइने, मिथिला पेन्टिङ, डाकी छिटो, माठाजस्तो स्थानीय उत्पादनलाई प्रदर्शन गरेर स्थानीय स्वरोजगारलाई बढावा दिने लगायतका काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित खबर