LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेशी जनताको हक अधिकारको लागि लड्ने पाटीलाई मतदान गर्न अपिल गरेका छन् ।
सोमवार लोसपाले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले केहि दलहरुले अपवत्रि गठबन्धन बनाएर मधेशी जनतालाई भ्रममा राख्ने गरेकोले मधेशी जनताको हक अधिकारको लागि लड्ने लोसपा पार्टीलाई मतदान गर्नु पर्ने बताए । संविधान बनेपनि मधेशी जनताको हक अधिकार अझै सुनिश्चत हुन नसकेको बताउदै अध्यक्ष ठाकुरले स्थानीय तहमा विकासको लहर ल्याउने, शिक्षा, स्वास्थ्यको क्षेत्रमा इमन्दारिपुर्वक काम गर्ने व्यक्तिलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरामा लोसपाले उम्मेदवार बनाएको दावि गरे ।
कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले विगतका मेयरलाई सुधार गर्न खोज्दा उनी पार्टी नै छोडेर अन्य पार्टीमा गएको बताए । आफु यो क्षेत्रको जनप्रतिनिधी रहेको हैसियतले यसको विकास निर्माणमा चासो राख्नु आफ्नो दायित्व रहेको बताउदै वरिष्ठ नेता महतोले भने,‘ जनकपुरधामको विकासको लागि मैले धेरै काम गरेको छु । केहि काम गर्न अझै बाँकी छ । त्यसकारण यो निर्वाचन मेरो लागि महत्वपुर्ण हो । यहाँबाट मनोज चौधरी होईन म चुनाव लडेको सम्झेर मतदान गर्नु होला ।’
‘जनकपुरधाम मधेश आन्दोलनको केन्द्र विन्दु रहेको र मधेश आन्दोलन अmभै समाप्त नभएकोले भष्वियमा पुनः यहाँबाट आन्दोलन सुरु हुन सक्ने भएकोले कुनै खस पार्टी वा स्वतन्त्र उम्मेदवार नभई प्रहरीको गोलि आफ्नो छातिमा रोक्ने सक्ने उम्मेदवारलाई मतदान गर्न मेरो आग्रहा हो, उनले अगाडी भने,‘ काँग्रेस, माओवादी सहितका दलहरुले अपवित्र गठबन्धन गरेपनि निर्वाचनको पछि उनीहरुको अवस्था वर्तमानभन्दा कमजोर रहने निश्चत छ ।’ कार्यक्रममा लोसपाका अर्का वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेशी जनताको हक अधिकारको लागि लोसपा मात्रै ईमन्दार पार्टी रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका उम्मेदवार मनोज चौधरीले आफुले जनताको सेवा र जनकपुरधामको समुचित विकासको लागि उम्मेदवारी दिएको बताए । चुनावमा अहिले विभिन्न किसिममा हल्ला चलेका छन्,ठुल्ला पुजिपतिहरु उम्मेदवार भएका छन्, जनताको मत खरिद विक्रि गर्न उनीहरुका एजेण्टहरु गाउँगाउँ टोल घुमिरहेका छ, तर उनीहरुबाट पैसा लिएर पनि मतदान तपाईको अधिकारको लागि लडने लोसपाको पक्षमा नै गर्नु होला ।’

लोसपाका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोसपाका कार्यकारणि समिति सदस्य अनिल झा, लोसपाका नेता राजिव झा, प्रदेश सासद जयनुल राईन, उपमेयरका उम्मेदवार रिता झासहितका सहभागिता रहेको थियो ।

सम्बन्धित खबर