LIVE
एक लाख घुससहित सर्लाहीमा नायव सुब्बा पक्राउ | कर्मचारी सरुवामा विभेद र राजनीतिक हस्तक्षेपको आरोप, चुरे संरक्षण अभियान आन्दोलित | १९ वर्षदेखि अधुरो रामजानकी रंगशाला ः बजेट आयो, खर्च भएन ः अब वार्षिक २५ करोड लगानीको तयारी | विद्युत् प्राधिकरण बाधक बन्दा अलपत्र भयो मधेशको सौर्य सपना | चक्रवातको सम्भावना ः पाकेको धान काटन महोत्तरी प्रशासनको आग्रह | | एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा |

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालय ९मालपोत० का एक नायब सुब्बालाई एक लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे स्टिङ अपरेसन गरी प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई पक्राउ गरेको हो । लालबन्दी घर भएका तिमिल्सिनाले ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित
जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको र सोही रकम लिने क्रममा पक्राउ
परेको बताइएको छ । अख्तियारको टोलीले मालपोत कार्यालयको प्रशासन फाँटबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तिमिल्सिनामाथि घुस रकम लिएको आरोपमा थप अनुसन्धान भइरहेकोअख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले जानकारी दिए । घटनाबारे अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर