LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाको प्रमुख र उप प्रमुखमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार शुक्रवार नगरमा विजयी जुलुस प्रदर्शन गरेका छन् ।
औरही नगरपालिकाको प्रमुखमा लोसपाका प्रदिप कुमार खडका र उपप्रमुखमा पुनः दोस्रो पटक लोसपा कै रेनु झा विजयी भएकी हुन् । खड्का लामो समय काँग्रेसमा आवद्ध रहेपनि पार्टीले टिकट नदिएपछि उनी लोसपामा प्रवेश गरेका थिए । खडकाले ६ हजार ६७ मत र उपप्रमुख झाले ५ हजार ८सय ८ मत ल्याएर विजयी भएको औरही निर्वाचन अधिकृत सरोज कुमार गोइतले बताए।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सुनिल कुमार यादवले ५ हजार ७ सय ४७ र उपप्रमुखमा रेखा यादवले ५ हजार ६ सय ५ मत ल्याएका छन ्।
नगर प्रमुख खडका ३सय२० र उपप्रमुख झा २ सय ३ मतले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछाडि पार्दै विजयी भएका हुन् । औहरी नगरपालिकामा मेयर काँग्रेस, एमाले, जसपा, माओवादी केन्द्र, लोसपाका सहितका उम्मेदवारी परेपनि मुख्यप्रतिस्र्धा काँग्रेस र लोसपाका उम्मेदवार बीच भएको थियो ।

सम्बन्धित खबर