LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाको प्रमुख र उप प्रमुखमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार शुक्रवार नगरमा विजयी जुलुस प्रदर्शन गरेका छन् ।
औरही नगरपालिकाको प्रमुखमा लोसपाका प्रदिप कुमार खडका र उपप्रमुखमा पुनः दोस्रो पटक लोसपा कै रेनु झा विजयी भएकी हुन् । खड्का लामो समय काँग्रेसमा आवद्ध रहेपनि पार्टीले टिकट नदिएपछि उनी लोसपामा प्रवेश गरेका थिए । खडकाले ६ हजार ६७ मत र उपप्रमुख झाले ५ हजार ८सय ८ मत ल्याएर विजयी भएको औरही निर्वाचन अधिकृत सरोज कुमार गोइतले बताए।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सुनिल कुमार यादवले ५ हजार ७ सय ४७ र उपप्रमुखमा रेखा यादवले ५ हजार ६ सय ५ मत ल्याएका छन ्।
नगर प्रमुख खडका ३सय२० र उपप्रमुख झा २ सय ३ मतले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछाडि पार्दै विजयी भएका हुन् । औहरी नगरपालिकामा मेयर काँग्रेस, एमाले, जसपा, माओवादी केन्द्र, लोसपाका सहितका उम्मेदवारी परेपनि मुख्यप्रतिस्र्धा काँग्रेस र लोसपाका उम्मेदवार बीच भएको थियो ।

सम्बन्धित खबर