LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज कुमार साह निर्वाचित भएका छन् ।
धनुषामै सबभन्दा ढिलो मत परिणम आएको जनकपुरधाम उपमहानगरपालिकाको मेयर साहले झण्डै ४ हजारको मतान्तरले निर्वाचित भएका हुन । साहले १३ हजार ४६५ मतको मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शिवशंकर साह (हिरा) ले ९ हजार ५३२ मत ल्याउन सकेका हुन् । त्यसैगरि, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार मनोज चौधरीले ५ हजार ३६० मत ल्याएर तेस्रो स्थान प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साह ५ हजार १९४ मत ल्याएर चौथौ स्थानमा झरेको छ । जसपाका उम्मेदवार साह जनकपुरधामका निर्वातमान मेयर समेत हुन् ।

त्यसैगरि, लामो समय निर्माण व्यवसायमा संलग्न रहेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतो ४ हजार २९० र स्वतन्त्र उम्मेदवारी दिएका जनकपुरधाम वडा नम्बर ७ का निर्वतमान वडाध्यक्ष जानकी राम साहले २ हजार ७२म ल्याएका हुन् । त्यसैगरि, जनमत पार्टीको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी अनिता देवि १ जहार ४३७ र तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार विभा ठाकुरले १ हजार १४१ मत ल्याएकी हुन् ।
त्यसैगरि, उपमेयरमा सत्तारुढ गठबन्धन दलबाट नपाली कांग्रेसका उम्मेदवार किशोरी साह सबभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका साहका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याएकी हुन् । त्यसैगरि, निर्वातमान उपमेयर तथा लोसपाका उम्मेदवार रिता कुमारी मिश्रले ५ हजार ८१७ मत मत ल्याएर तेस्रो भएकी हुन् । नेपाली काँग्रेसका बागि भएर उपमेयरमा उम्मेदवारी दिएका निर्मल चौधरीले ३ हजार ७ सय ७२ मत पाएर चौथौ स्थान पाएका हुन् ।
२५ मध्ये ११ वडामा काँग्रेसको जीत
त्यसैगरि, २५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकामा काँग्रेसले ११, नेकपा एमालेले ७, लोसपाले २, जसपा, माओवादी केन्द्र र तमलोपाले १÷१ र स्वतन्त्रले २ वटा वडा जितेका छन् । काँग्रेसले वडा १,२,४,६,७,९,११,१३,१६,२१ र २५ वडामा जितेको छ भने एमालले वडा नम्बर ५,८,१२, १९,२० र २४ मा लोसपाले वडा नम्बर १५ र २२ मा विजयी भएको छ । जसपाले वडा नम्बर १४, माओवादीले १७, तमलोपाले ३ र स्व्तन्त्रले १० र २३ मा विजयी भएको छ ।

सम्बन्धित खबर