LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । धनुषाका १८ वटै पालिकामा निर्वाचित पालिका प्रमुखहरुले पद तथा गोपनियताका सपथ ग्रहण गरेका छन् ।
मंगलवार जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा धनुषाका मुख्य निर्वचन अधिकृत तथा जिल्ला अदालत धनुषाका मुख्य न्याधिश ब्रजेश प्याकुरेलले उनीहरुलाई सामुहिक पद तथा गोपनियताका शपथ गराएका हुन् ।
धनुषामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नव निर्वाचित मेयर र अध्यक्षले सपथ ग्रहण गरेका हुन् । अव पालिकाहरु प्रमुखले नै आ– आफ्नो पालिकाका उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।

यसैबीच, जनकपुरधाम उपमहानगरपालिका नव निर्वचित मेयर मनोज कुमार साह मंगलवार नै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मेयर साहले विभिन्न ३ वटा निर्णय गरेका छन् । जनकपुरधामको फोरह व्यवस्थापन अवस्था दयनिय रहेको अव देखि २५ वटा वडा नै आ–आफ्ना वडामा सरसफाईको जिम्मावारी दिईने निर्णय गरेको छ ।उपमहानगरपालिकाले आफ्ैले फोहर व्यवस्थापनको गर्दै आएकोमा अव देखि सो जिम्मावारी वडालाई दिईएको र त्यसको अनुगमन र नीरक्षण उपमहनगरपालिकाले गर्ने मेयर साहले बताए ।
त्यसैगरि, सम्बन्धित कर्मचारीले आफ्ना शाखको मात्र काम गर्ने र कर्मचारी अभाव भएको शाखामा त्यसको व्यवस्थापन उपमहानगरपालिकाले गर्ने र दोस्रो उपमहनगरपालिकको हरेक निर्णय तथा क्रियाकलापलाई पारदर्शि बनाउने निर्णय गरिएको छ ।

सम्बन्धित खबर