LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । धनुषाका १८ वटै पालिकामा निर्वाचित पालिका प्रमुखहरुले पद तथा गोपनियताका सपथ ग्रहण गरेका छन् ।
मंगलवार जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा धनुषाका मुख्य निर्वचन अधिकृत तथा जिल्ला अदालत धनुषाका मुख्य न्याधिश ब्रजेश प्याकुरेलले उनीहरुलाई सामुहिक पद तथा गोपनियताका शपथ गराएका हुन् ।
धनुषामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नव निर्वाचित मेयर र अध्यक्षले सपथ ग्रहण गरेका हुन् । अव पालिकाहरु प्रमुखले नै आ– आफ्नो पालिकाका उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।

यसैबीच, जनकपुरधाम उपमहानगरपालिका नव निर्वचित मेयर मनोज कुमार साह मंगलवार नै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मेयर साहले विभिन्न ३ वटा निर्णय गरेका छन् । जनकपुरधामको फोरह व्यवस्थापन अवस्था दयनिय रहेको अव देखि २५ वटा वडा नै आ–आफ्ना वडामा सरसफाईको जिम्मावारी दिईने निर्णय गरेको छ ।उपमहानगरपालिकाले आफ्ैले फोहर व्यवस्थापनको गर्दै आएकोमा अव देखि सो जिम्मावारी वडालाई दिईएको र त्यसको अनुगमन र नीरक्षण उपमहनगरपालिकाले गर्ने मेयर साहले बताए ।
त्यसैगरि, सम्बन्धित कर्मचारीले आफ्ना शाखको मात्र काम गर्ने र कर्मचारी अभाव भएको शाखामा त्यसको व्यवस्थापन उपमहानगरपालिकाले गर्ने र दोस्रो उपमहनगरपालिकको हरेक निर्णय तथा क्रियाकलापलाई पारदर्शि बनाउने निर्णय गरिएको छ ।

सम्बन्धित खबर