LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तिब्र धर्म परिवर्तनका कारण नेपालको अस्तिृत्व संकटमा रहेको बताएका छन् ।
देश व्यापरि रुपामा राप्रपा नेपालले संचाल गरेको ‘जनता माझ राप्रपा नेपाल’ अभियान अन्र्तत जनकपुरमा सोमवार एक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापा यस्तो धारणा राखेका हुन् । अन्य देशको तुलनामा धर्म परिवर्तनको खेल नेपालमा तिव्र रुपमा भईरहेको भन्दै अध्यक्ष थापाले भने,‘ आर्थिक, समाजिक तथा रोजगारी सहितका प्रलोभन दिएर धर्म परिवर्तनको खेल भईरहेको छ । तर यहाँका नागरिक समाज, वृद्धिजिवीहरुले आधुनिक विरोधीको बिल्ला लाग्ने डरले त्यसको विरुद्धमा बोल्न सकिरहेका छैनन् ।’
धर्म परिवर्तन गराएर नेपालको समाजिक, सास्कृति, धर्ममाथि आक्रमण भईरहेको अध्यक्ष थापाले दावि गरे । जातीय पहिचानको मुद्दा विभिन्न राजनीतिक दलहरुले उठाएपनि धर्म सास्कृतिक माथि दिनु हुँ भईरहेको आक्रमण विरुद्ध कुनै चासो नदेखाएको अध्यक्ष थापाले आरोप लगाए ।
शिक्षा, व्यापार, स्वास्थ्य सवै क्षेत्रमा राजनितिकरण भएपनि त्यसको विकास हुन नसकेको उल्लेख गर्दै अध्यक्ष थापाले भने,‘ जव सम्म यि क्षेत्रको विकास हुदैन तव सम्म देशको विकास सम्भव छैन ।’ तत्कालिन राप्रपामा संद्धौन्तिक विचलन देखिएको आफुले नयाँ पार्टी दर्ता गराएर अगाडी बढेको अध्यक्ष थापाले बताए ।
मुलुकमा रहेका विभिन्न पार्टीभन्दा आफ्नो पार्टी फरक ,पृथक रहेको उनले बताए । देशमा राजतन्त्र र राज संस्थाको आवश्यकता नरहेको बताउदै अध्यक्ष थापाले यि मुद्दा छाडेको खण्डमा अझैपनि राप्रपासँग एकता हुन सक्ने बताए ।

सम्बन्धित खबर