LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । पहिलो पटक मधेश प्रदेश युवा महोत्सव बुधवारदेखि जनकपुरधाममा सुरु भएको छ ।
महोत्सवको उद्घाटन समारोहलाईलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशका युवाहरुको समुचित व्यवस्थापनका लागि सरकार अग्रसर रहेको बताए ।
देशमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको बताउँदै उनले प्रदेशमै रोजगारी सिर्जनाको लागी पहल भइरहेको बताए । सरकार प्रदेश प्रहरीमा भर्ना गर्न अगाडी बढेपनि संघ सरकारको कृदृष्टिका कारण हालसम्म सफल हुन नसकेको गुनासो समेत सुनाए । उनले प्रहरी, प्रदेश निजमति लगायतका सेवमा छिट्टै भर्ना हुने विश्वास समेत व्यक्त गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेशको विकासको मुलआधार रहेको युवाहरुको समुचित व्यवस्थापनका लागि प्रदेश सरकार अग्रसर भएको उल्लेख गरेका हुन् ।

सरकारी रोजगारीले मात्र वेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकार उद्योग धन्धाका साथै स्वरोजगारका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेर अघि बढेको मुख्यमन्त्री राउतले बताए । महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रथम मधेस प्रदेश युवा महोत्सवमा मुख्यमन्त्री राउतले युवाहरुको सकारात्मक कदमले मात्र मधेस वा देशको विकास सम्भव रहेको धारणा राखेका थिए ।

महोत्सवमा महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले युवा शक्तिको पहिचान, उद्यमशिलता, विकास,स्वरोजगार तथा युवाहरुलाई सुर्जनशिलतालाई उजार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको बताए । मन्त्री सिंहको अध्यक्षतामा भएको कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, प्रदेश सभा सदस्य मञ्जु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, युवा अभियन्ता विकास ठाकुर सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खबर