LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । पहिलो पटक मधेश प्रदेश युवा महोत्सव बुधवारदेखि जनकपुरधाममा सुरु भएको छ ।
महोत्सवको उद्घाटन समारोहलाईलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशका युवाहरुको समुचित व्यवस्थापनका लागि सरकार अग्रसर रहेको बताए ।
देशमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको बताउँदै उनले प्रदेशमै रोजगारी सिर्जनाको लागी पहल भइरहेको बताए । सरकार प्रदेश प्रहरीमा भर्ना गर्न अगाडी बढेपनि संघ सरकारको कृदृष्टिका कारण हालसम्म सफल हुन नसकेको गुनासो समेत सुनाए । उनले प्रहरी, प्रदेश निजमति लगायतका सेवमा छिट्टै भर्ना हुने विश्वास समेत व्यक्त गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेशको विकासको मुलआधार रहेको युवाहरुको समुचित व्यवस्थापनका लागि प्रदेश सरकार अग्रसर भएको उल्लेख गरेका हुन् ।

सरकारी रोजगारीले मात्र वेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकार उद्योग धन्धाका साथै स्वरोजगारका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेर अघि बढेको मुख्यमन्त्री राउतले बताए । महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रथम मधेस प्रदेश युवा महोत्सवमा मुख्यमन्त्री राउतले युवाहरुको सकारात्मक कदमले मात्र मधेस वा देशको विकास सम्भव रहेको धारणा राखेका थिए ।

महोत्सवमा महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले युवा शक्तिको पहिचान, उद्यमशिलता, विकास,स्वरोजगार तथा युवाहरुलाई सुर्जनशिलतालाई उजार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको बताए । मन्त्री सिंहको अध्यक्षतामा भएको कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, प्रदेश सभा सदस्य मञ्जु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, युवा अभियन्ता विकास ठाकुर सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खबर