LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम
नक्कली नागरिकता बनाउनका लागि वडाबाट सिफारिश गरेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर फरार भएका छन् ।
वडाध्यक्ष रहेको समयमा ठाकुरले नक्कली नागरिकताको सिफारिश गरेको भन्दै जिल्ला अदालत धनुषाले उनीबिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले पूर्व वडाध्यक्ष ठाकुरसँगै वडासचिव माधव रायबिरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको छ । ठाकुरसँगै वडासचिव रायसमेत फरार भएका छन् ।
नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई फेरी वडा नम्बर–८ बाट नागरिकताकै लागि सिफारिश गरेपछि ठाकुरबिरुद्ध मुद्दा परेको थियो ।
धनुषाको मुखियापट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए । उनै मिश्रलाई पुनः जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिश गरिएको पाइएको छ ।
मिश्रले २०७८ मंसिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालयबाट अर्को नागरिकता प्राप्त गरेका हुन् । दूबै नागरिकतामा भने उनको जन्ममिति तथा स्थान फरक फरक देखाइएको छ । उनको पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ भने अर्को नागरिकतामा बुवाको नाम देव शरण उल्लेख गरिएको छ ।

सम्बन्धित खबर