LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । बलबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई मधेस प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले फर्निचरसहितका विभिन्न सामग्री उपलब्ध गराएको छ ।
बाल अधिकारको संरक्षण, बाल श्रम तथा बालबालिका बेचविखन विरुद्धको क्षेत्रमा काम गर्ने संस्था बाल हेल्पलाईन धनुषा १०९८, बाल हेल्पलाई बारा १०९८ र बालबालिका खोजतलास सेवा केन्द्रलाई मन्त्रालयले लाखौ मुल्यबारारबको सामग्री उपलब्ध गराएको छ । मंगलवार महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले ति संस्थाहरुको कामकाजलाई प्रभावकारी बनाउन तथा सहज रुपमा सेवा प्रवाह गर्ने उदेश्यले अफिस दराज, अफिस टेबल, कुर्सी, टिभी, साउन्ड सिस्टम, पानी फिल्टरलगायत विभिन्न सामाग्री उपलब्ध गराएका हुन् ।
मन्त्री सिंहले मंगलवार मन्त्रालयमै ति संस्थाहरुका प्रतिनिधीहरुलाई बोलाएर सामग्रीहरु हस्तारण गरेका हुन् । बलबालिका क्षेत्रमा काम गर्ने संस्थाहरुको कामकाज प्रभावकारी बनाउन तथा समयमै पीडितलाई सेवा प्रदान गर्न सकिने उदेश्यले ति सामग्रीहरु वित्तरण गरिएको मन्त्री सिंहले बताए । बाल विवाह, बाल हक अधिकार सहितका क्षेत्रमा मन्त्रालयले प्रभावकारी रुपमा कार्यहरु बढाएको मन्त्री सिंहले बताए ।

सम्बन्धित खबर