LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । बलबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई मधेस प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले फर्निचरसहितका विभिन्न सामग्री उपलब्ध गराएको छ ।
बाल अधिकारको संरक्षण, बाल श्रम तथा बालबालिका बेचविखन विरुद्धको क्षेत्रमा काम गर्ने संस्था बाल हेल्पलाईन धनुषा १०९८, बाल हेल्पलाई बारा १०९८ र बालबालिका खोजतलास सेवा केन्द्रलाई मन्त्रालयले लाखौ मुल्यबारारबको सामग्री उपलब्ध गराएको छ । मंगलवार महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले ति संस्थाहरुको कामकाजलाई प्रभावकारी बनाउन तथा सहज रुपमा सेवा प्रवाह गर्ने उदेश्यले अफिस दराज, अफिस टेबल, कुर्सी, टिभी, साउन्ड सिस्टम, पानी फिल्टरलगायत विभिन्न सामाग्री उपलब्ध गराएका हुन् ।
मन्त्री सिंहले मंगलवार मन्त्रालयमै ति संस्थाहरुका प्रतिनिधीहरुलाई बोलाएर सामग्रीहरु हस्तारण गरेका हुन् । बलबालिका क्षेत्रमा काम गर्ने संस्थाहरुको कामकाज प्रभावकारी बनाउन तथा समयमै पीडितलाई सेवा प्रदान गर्न सकिने उदेश्यले ति सामग्रीहरु वित्तरण गरिएको मन्त्री सिंहले बताए । बाल विवाह, बाल हक अधिकार सहितका क्षेत्रमा मन्त्रालयले प्रभावकारी रुपमा कार्यहरु बढाएको मन्त्री सिंहले बताए ।

सम्बन्धित खबर