LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । केहि महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले राम्रो प्रदर्शन गरेपछि त्यसको प्रभाव अगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन पर्ने निश्चत छ ।
निर्वाचनको मिति नतोकिएपनि विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको होड देखिएको छ । अगामी निर्वाचनमा प्रतिनिधी सभाको सदस्यमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट समाजसेवि युवा महेश कुमार यादवले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । पेशाले ईन्जिनियर समेत रहेका यादवले विभिन्न राजनीतिक दल र राजनीतिकर्मीको शोषण दमन, भष्टाचार, जस्ता विकृतले नेपाल र नेपाली समाज विकासमा निकै पछाडि परेकोले आफुले स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए ।
वोट लिन जनतामा अनेकन सपना देखाउने नेताहरु पदमा गएपछि व्यक्तिगत र पार्टीको स्र्वाथमा लृप्त रहेने गरेकोले जनताको न्युन्तम अधारभुत आवश्यकता पनि पुरा गर्न नसकिने दुषित राजनीतिक परम्परालाई युवाहरुले तोड्नुपर्ने उनले बताए ।

‘विश्वका नैतिकवान एक होऊ’ अभियानका नेपाल संयोजक समेत रहेका इन्जिनियर यादवले नेपाली समाजमा रहेका गरिवि वेरोजगारी लगायतका विकृत विरुद्ध लड्न नैतिकवान युवाहरुलाई नेतृत्व दिनुपर्ने बताए । समाजिक सञ्जालमा विश्वका नैतिकवान एक होऊ अभियान चलाउने यादवले ७ लाख युवा आफ्नो फ्लोयर रहेको दावि गरे ।
विभिन्न पार्टी र त्यसका नेताहरुले जनताको समस्याभन्दा सम्बोधन गर्नुभन्दा धर्म, जातजाती, भाषाभाषि, जनतालाई आपसमा लडाई आफ्नो राजनीतिक रोटी सेक्ने गरेकोले त्यसको जारा समाप्त गर्न स्वतन्त्र उम्मेदवारी दिने नैतिकवान युवालाई अगाडी बढाउनुको विकल्प नरहेको उनको भनाई थियो । समाज कल्याण, समाज निती र सु सभ्य समाज निर्माणका लागि युवाहरु शक्तिहरुले अगाडी आउनुपर्ने उनले बताए ।

सम्बन्धित खबर