LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

जनकपुरधाम । केहि महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले राम्रो प्रदर्शन गरेपछि त्यसको प्रभाव अगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन पर्ने निश्चत छ ।
निर्वाचनको मिति नतोकिएपनि विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको होड देखिएको छ । अगामी निर्वाचनमा प्रतिनिधी सभाको सदस्यमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट समाजसेवि युवा महेश कुमार यादवले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । पेशाले ईन्जिनियर समेत रहेका यादवले विभिन्न राजनीतिक दल र राजनीतिकर्मीको शोषण दमन, भष्टाचार, जस्ता विकृतले नेपाल र नेपाली समाज विकासमा निकै पछाडि परेकोले आफुले स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए ।
वोट लिन जनतामा अनेकन सपना देखाउने नेताहरु पदमा गएपछि व्यक्तिगत र पार्टीको स्र्वाथमा लृप्त रहेने गरेकोले जनताको न्युन्तम अधारभुत आवश्यकता पनि पुरा गर्न नसकिने दुषित राजनीतिक परम्परालाई युवाहरुले तोड्नुपर्ने उनले बताए ।

‘विश्वका नैतिकवान एक होऊ’ अभियानका नेपाल संयोजक समेत रहेका इन्जिनियर यादवले नेपाली समाजमा रहेका गरिवि वेरोजगारी लगायतका विकृत विरुद्ध लड्न नैतिकवान युवाहरुलाई नेतृत्व दिनुपर्ने बताए । समाजिक सञ्जालमा विश्वका नैतिकवान एक होऊ अभियान चलाउने यादवले ७ लाख युवा आफ्नो फ्लोयर रहेको दावि गरे ।
विभिन्न पार्टी र त्यसका नेताहरुले जनताको समस्याभन्दा सम्बोधन गर्नुभन्दा धर्म, जातजाती, भाषाभाषि, जनतालाई आपसमा लडाई आफ्नो राजनीतिक रोटी सेक्ने गरेकोले त्यसको जारा समाप्त गर्न स्वतन्त्र उम्मेदवारी दिने नैतिकवान युवालाई अगाडी बढाउनुको विकल्प नरहेको उनको भनाई थियो । समाज कल्याण, समाज निती र सु सभ्य समाज निर्माणका लागि युवाहरु शक्तिहरुले अगाडी आउनुपर्ने उनले बताए ।

सम्बन्धित खबर