LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाम । सडक दुर्घटनामा मृत्यु भएको भनिएको धनुषा जनकनन्दनी गाउँपालिकामा एक युवकको परिवारजनले दुर्घटनामा नभई हत्या नै गरिएको अरोप लगाएका छन् ।

जनकनन्दनी गाउँपालिका पतुनाका ३० वर्षिय मुकेश कुमार कापरको दुई दिन अघि मोटसाईकल दुर्घटनामा मृत्यु भएको थियो । तर मृत्यका परिवारजनले सोमवार विहान जनकपुरधाममा पत्रकार सम्मेलन गरि छोराको मोटरसाईकल दुर्घटनामा नभई कसैले हत्या गरि घटनालाई लुकाउन मोटरसाईकल दुर्घटनाको संज्ञा दिएको आरोप लगाए । मृतक कापर करिव दुई वर्षदेखि एनआईसी एशिया वैकमा कार्यरत रहेका थिए ।

मृतकका बुबा चुल्हाई कापरले छोरालाई कसैले दुश्मनि साधन हत्या गरेको हुन सक्ने दावि गरे । घटनाको प्राकृतिक हेर्दा मोटरसाईकल दुर्घटनामा ज्यानै जाने गरि दुर्घटना हुन सक्दैन, उनले भने, उनले चलाएको मोटसाईकलपनि ठुलो क्षति भएको छैन । त्यस्तोमा ज्यानै जाने गरि कसरी दुर्घटना हुन सक्छ ।’ यसैबीच, स्थानीय युवा नेता ईन्जिनियर महेश कुमार यादवले घटनाको सत्य तथ्य छानिबिन गरि वास्तविकता वाहिर ल्यानुपर्ने माग गरे ।

कापरको मृत्यु रहस्यमय रहेको बताउदै नेता यादवले भने,‘ घटनाको प्राकृतिक हेर्दा कापरको मृत्यु मोटरसाईकल दुर्घटनामा नभई कसैले हत्या नै गरेको हुन सक्छ । त्यसकारण यसको वास्तविक सत्यतथ्य वाहिर ल्याउनुपर्छ ।’

केहि शक्ति समाजमा भयवित वातावरण बनाई अगामी निर्वाचनलाई प्रभावित गर्न खोजेको उनले आरोप लगाए । यता, घटनाको विषयमा छानबिन भईरहेको प्रहरीले जनाएको छ । कापर मोटरसाईकलबाट लडेर गम्भिर अवस्थामा प्रहरीले कापरलाई उद्धार गरि उपचारको लागि प्रदेशिक अस्पताल पुर्याएको र पछि कापरको अस्पतालमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

सम्बन्धित खबर