LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । सडक दुर्घटनामा मृत्यु भएको भनिएको धनुषा जनकनन्दनी गाउँपालिकामा एक युवकको परिवारजनले दुर्घटनामा नभई हत्या नै गरिएको अरोप लगाएका छन् ।

जनकनन्दनी गाउँपालिका पतुनाका ३० वर्षिय मुकेश कुमार कापरको दुई दिन अघि मोटसाईकल दुर्घटनामा मृत्यु भएको थियो । तर मृत्यका परिवारजनले सोमवार विहान जनकपुरधाममा पत्रकार सम्मेलन गरि छोराको मोटरसाईकल दुर्घटनामा नभई कसैले हत्या गरि घटनालाई लुकाउन मोटरसाईकल दुर्घटनाको संज्ञा दिएको आरोप लगाए । मृतक कापर करिव दुई वर्षदेखि एनआईसी एशिया वैकमा कार्यरत रहेका थिए ।

मृतकका बुबा चुल्हाई कापरले छोरालाई कसैले दुश्मनि साधन हत्या गरेको हुन सक्ने दावि गरे । घटनाको प्राकृतिक हेर्दा मोटरसाईकल दुर्घटनामा ज्यानै जाने गरि दुर्घटना हुन सक्दैन, उनले भने, उनले चलाएको मोटसाईकलपनि ठुलो क्षति भएको छैन । त्यस्तोमा ज्यानै जाने गरि कसरी दुर्घटना हुन सक्छ ।’ यसैबीच, स्थानीय युवा नेता ईन्जिनियर महेश कुमार यादवले घटनाको सत्य तथ्य छानिबिन गरि वास्तविकता वाहिर ल्यानुपर्ने माग गरे ।

कापरको मृत्यु रहस्यमय रहेको बताउदै नेता यादवले भने,‘ घटनाको प्राकृतिक हेर्दा कापरको मृत्यु मोटरसाईकल दुर्घटनामा नभई कसैले हत्या नै गरेको हुन सक्छ । त्यसकारण यसको वास्तविक सत्यतथ्य वाहिर ल्याउनुपर्छ ।’

केहि शक्ति समाजमा भयवित वातावरण बनाई अगामी निर्वाचनलाई प्रभावित गर्न खोजेको उनले आरोप लगाए । यता, घटनाको विषयमा छानबिन भईरहेको प्रहरीले जनाएको छ । कापर मोटरसाईकलबाट लडेर गम्भिर अवस्थामा प्रहरीले कापरलाई उद्धार गरि उपचारको लागि प्रदेशिक अस्पताल पुर्याएको र पछि कापरको अस्पतालमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

सम्बन्धित खबर