LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

मोहत्तरीको बर्दिबास सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको अभावले गर्दा विरामीको मृत्य पश्चात प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ मन्त्रालयले आईसीयू र भेन्टिलेटर उपल्बध गराएका हून ।

आईसीयू र भेन्टिलेटरको अभावमा यस क्षेत्रका सर्पदंश विरामीहरुले ज्यान समेत गुमाईरहेका थिए । लामो समयदेखि स्थानीयहरुले केन्द्रमा भेन्टिलेटरसहित उपचारको व्यवस्था गर्न माग गरदै आईरहेका थिए । यसअघि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर केन्द्रको लागि भेन्टिलेटर माग गरेका थिए ।

गत वर्ष बर्दिबास नगरपालिकाले स्वास्थ विभागलाई पत्रचार गरी भेन्टिलेटर मांग गरेका थिए । प्रधानमन्त्री देउवाको निर्देशनमा स्वास्थ्य विभागले करिब २६ लाख रुपैयाँ मूल्य बराबरको भेन्टिलेटर सोमबार बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीलाई हस्तान्तरण गरेका छन ।

गत शनिवार विषालु सर्पको टोकाइबाट बर्दिबास नगरपालिका–४ मा पब्लिक स्कुलका प्रिन्सिपल युवराज श्रेष्ठको मृत्यु भएको थियो। श्रेष्ठलाई सर्पले टोक्नेबित्तिकै सर्पदंश उपचार केन्द्रमा लगिए पनि भेन्टिलेटर अभावमा मृत्यु भएको थियो ।

सम्बन्धित खबर