LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

मोहत्तरीको बर्दिबास सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरको अभावले गर्दा विरामीको मृत्य पश्चात प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ मन्त्रालयले आईसीयू र भेन्टिलेटर उपल्बध गराएका हून ।

आईसीयू र भेन्टिलेटरको अभावमा यस क्षेत्रका सर्पदंश विरामीहरुले ज्यान समेत गुमाईरहेका थिए । लामो समयदेखि स्थानीयहरुले केन्द्रमा भेन्टिलेटरसहित उपचारको व्यवस्था गर्न माग गरदै आईरहेका थिए । यसअघि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर केन्द्रको लागि भेन्टिलेटर माग गरेका थिए ।

गत वर्ष बर्दिबास नगरपालिकाले स्वास्थ विभागलाई पत्रचार गरी भेन्टिलेटर मांग गरेका थिए । प्रधानमन्त्री देउवाको निर्देशनमा स्वास्थ्य विभागले करिब २६ लाख रुपैयाँ मूल्य बराबरको भेन्टिलेटर सोमबार बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीलाई हस्तान्तरण गरेका छन ।

गत शनिवार विषालु सर्पको टोकाइबाट बर्दिबास नगरपालिका–४ मा पब्लिक स्कुलका प्रिन्सिपल युवराज श्रेष्ठको मृत्यु भएको थियो। श्रेष्ठलाई सर्पले टोक्नेबित्तिकै सर्पदंश उपचार केन्द्रमा लगिए पनि भेन्टिलेटर अभावमा मृत्यु भएको थियो ।

सम्बन्धित खबर