
१८ साउन, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने घोषना गरेको छ । निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ ।
पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ र निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन आईओसीलाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको निगमले जनाएका छन । महँगो इन्धनको खपत कम गर्नका लागि सर्वसाधरणलाई निगमले अनुरोध समेत गरेका छन ।