LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

मो.इन्तेखाब आलम
जनकपुरधाम । गर्मी र वर्षायामा तराईका जिल्लाहरुमा सर्पदंश बढेको छ ।
अधिक गर्मी र वर्षाको पानीले दुलोहरु पुरिएपछि विशालू सर्पहरु बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको जानकारहरुको भनाई छ । प्रादेशिक अस्पाताल जनकपुरमा औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंका विरामी उपचारको लागि आउने गरेका छन् ।
प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा.मुकेश यादवका अनुसार सर्पदंशका विरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेको बताए । गत असार महिनामा १५० जना सर्पदंशका विरामि उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।
तराई मधेशका जिल्लाहरुमा प्रत्येक वर्ष जेष्ठ महिना देखि आश्विन महिना सम्म विशालू सर्पको बिगबिगी हुने गरेको र यी महिनाहरुमा सर्प दशंकका विरामी बढी आउने गरेको डा. यादवले बताए । प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश संर्पदंका विरामी निको भई घर फर्किने गरेको उल्लेख गर्दै डा.यादवले भने,‘ उपचारका लागि समयमै आउने अधिकांश विरामी निको हुन्छ । तर समयमा स्वास्थ्य उपचार नगराई धामिझाक्रि कहाँ झारफुको लागि जाने र विरामीको अवस्था नाजुक भएपछि मात्रै आउने विरामीलाई उपचार गर्न हामीलाई कठिनाई हुन्छ ।’ गाउँघरमा अझैपनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका विरामीलाई धामीझाक्रि कहाँ लगिने गरेको घटनाहरु हुदै आएको छ ।

सम्बन्धित खबर