LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

मो.इन्तेखाब आलम
जनकपुरधाम । गर्मी र वर्षायामा तराईका जिल्लाहरुमा सर्पदंश बढेको छ ।
अधिक गर्मी र वर्षाको पानीले दुलोहरु पुरिएपछि विशालू सर्पहरु बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको जानकारहरुको भनाई छ । प्रादेशिक अस्पाताल जनकपुरमा औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंका विरामी उपचारको लागि आउने गरेका छन् ।
प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा.मुकेश यादवका अनुसार सर्पदंशका विरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेको बताए । गत असार महिनामा १५० जना सर्पदंशका विरामि उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।
तराई मधेशका जिल्लाहरुमा प्रत्येक वर्ष जेष्ठ महिना देखि आश्विन महिना सम्म विशालू सर्पको बिगबिगी हुने गरेको र यी महिनाहरुमा सर्प दशंकका विरामी बढी आउने गरेको डा. यादवले बताए । प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश संर्पदंका विरामी निको भई घर फर्किने गरेको उल्लेख गर्दै डा.यादवले भने,‘ उपचारका लागि समयमै आउने अधिकांश विरामी निको हुन्छ । तर समयमा स्वास्थ्य उपचार नगराई धामिझाक्रि कहाँ झारफुको लागि जाने र विरामीको अवस्था नाजुक भएपछि मात्रै आउने विरामीलाई उपचार गर्न हामीलाई कठिनाई हुन्छ ।’ गाउँघरमा अझैपनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका विरामीलाई धामीझाक्रि कहाँ लगिने गरेको घटनाहरु हुदै आएको छ ।

सम्बन्धित खबर