LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । पछिल्लो केहि दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मधेश प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा सक्रियता बढाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएको छ । यो सँगै मधेश प्रदेशमा कोरोनाको संक्रमितको एक्टीभ केस ६४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै आफु मातहत रहेका अस्पतालहरुलाई कोरोना संक्रमितहरुको मध्यनजर गर्दै स्वास्थ्य उपचारको व्यवस्थापन मजगुत बनाउन निर्देशन दिएको छ । त्यसैगरि, कोरोनाले बढी प्रभावित संक्रमितको स्वास्थ्य उपचारको लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिलाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि जनकपुरधामको मुजेलियास्थित कोभिड विशेष अस्पताल संचालन गर्दै आएको छ । उक्त कोभिड अस्पतालमा भेन्टिलेटरसहितको सुविधा उपलब्ध रहेको छ ।

त्यसैगरि, स्वास्थ्य निर्देशनालयले प्रदेशका ८ वटै जिल्ला स्वास्थ्य कार्यालयहरुलाई कोरोना विरुद्धको भ्यानसिन कार्यक्रमलाई तिव्रता दिन निर्देशन दिएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेशमा ८५ प्रतिशत जनताले कोरोना विरुद्धको भ्यासिन लगाई सकेको बताउदै आफुहरुले बुस्टर डोजमा जोड दिईरहेको बताए ।

प्रत्येक ६ महिनामा बुस्टर डोज लगाउनु आवश्यक रहेको बताउदै निर्देशक झाले भने, तर हाम्रो प्रदेशमा अझै कतिपयले बुस्टर डोज लगाउन चाहिरहेका छैनन् । त्यसकारण हामीले यो सम्बन्धि प्रचारप्रचासर ध्यान दिईरहेका छौ ।’ कोरोना महामारी नियन्त्रणका लागि मास्क अभियान, बुस्टर डोजसहित कार्यक्रमलाई तिव्रता दिएको उनले बताए ।

त्यसैगरि, सिमावर्ति क्षेत्र विरगंज, गौर र भिठामोडमा चालु आर्थिक वर्षमा होल्डिङ्ग सेन्टर निर्माण गरिने विषयमा छलफल भईरहेको उनले बताए ।

सम्बन्धित खबर