LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । नेपाल भारतकाको सिमावर्ति क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाई गर्ने दुवै देशका सुरक्षा अधिकारीहरुले संयुक्त निर्णय गरेका छन् ।
शनिवार जनकपुरधाममा भएको दुई देशका सुरक्षा अधिकारीहरुको वैठकमा सिमावर्ति क्षेत्रमा हुने हत्या हिंसा, लागु औषध कारोवार, तस्करी तथा दशगजामा रहेका जिर्ण तथा भत्केका सीमा स्तम्भहरुको पुननिर्माण गर्ने विषयमा छलफल भएको छ । वैठकमा सहभागि धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार वर्षायाममा बाढीले दुवैका सिमा वरिपरिका गाउँहरुमा हुने क्षतिको विषयमा समेत वैठकमा छलफल भएको हो ।
वैठक कुनै खास उदेश्यले नभई नियमित रुपमा हुदै आएको दुई देशका सुरक्षा अधिकारीहरुको वैठक बसेको हो, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने सिमावर्ति क्षेत्रको शान्ति सुरक्षा, तस्करी, लागु औषध जस्ता विकृत दुवै देशको हित विपरित रहेकोले यि समस्यालाई थप नियन्त्रण कसरी गर्ने विषयमा पुनः छलफल भएको हो ।’
बैठकको नेपाली पक्षको नेतृत्व धनुषाका प्रमुख जिवल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए भने भारतीय पक्षको नेतृत्व मधुबन्नीका डी एम अरविन्द कुमार बर्माले गरेका थिए । बैठकमा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो । त्यसैगरि, भारतीय पक्षबाट मधुबन्नी जिल्लाका प्रहरी प्रमुख तथा अन्य सरकारी निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर