LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

प्रदेशका गृह मन्त्रि साह भन्छन्,‘ प्रदेश स्वायत सरकार हो । संघिय सरकारको कुनै अड्डा होईन ।’

‘नगरपालिकाले नगर प्रहरी राख्न सक्ने, हामीलाई प्रदेश प्रहरी जवान पनि राख्न रोक्ने ? यो विभेद कहिले सम्म ?’

जनकपुरधाम । एक सप्ताह भित्र प्रहरी समायोजन नभएर मधेश प्रदेश सरकारले संघिय सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रि भरत प्रसाद साहसहितका मन्त्रिहरुले आईतवार प्रदेश प्रमुख हरिशंकर प्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाउदै आन्दोलन गर्ने चेतावनी दिएको हो । प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली काग्रेसका संसदीय दलका नेता तथा भौतिक पुर्वाधार मन्त्रि रामसरोज यादव, नेकपा एकिकृत समाजवादी पार्टीका संसदीय दलका नेता तथा उद्योग वन तथा पर्यटन मन्त्रि सत्रुधन महतो, जनता समाजवादीका नेता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, काग्रेसका नेता तथा खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माको लगायत विभिन्न पार्टीका प्रदेश सांसदहरु सभागिता रहेको थियो ।
पटक–पटक प्रहरी समायोजनको विषयमा संघिय सरकारलाई लिखित तथा मौखिक रुपमा ताकेता गर्दा पनि कुनै सुनवाई नभएकोले आफुहरुले वाध्य भएर आन्दोलनमा जाने निर्णय गरेको मन्त्री साहले बताए ।
‘दुई वर्ष अघि नै हामीले प्रदेश प्रहरी ऐन बनायौ, संघिय प्रहरी ऐन र प्रहरी समायोजन ऐन पनि आएको एक वर्षभन्दा बढी भईसकेको छ, मन्त्री साहले भने,‘ यतिको दिन भईसक्दापनि संघिय सरकारले किन प्रहरी समायोजनमा चासो देखाई रहेका छैनन् ? संविधानको एकल सुचिमा रहेको विषय कार्यान्वयन गर्न संघिय सरकारको के को ठाउको दुखाई छ ? प्रदेश सरकार स्वायत सरकारको हो यो संघिय सरकारको कुनै अडडा होईन भनेर बुझनु आवश्यक छ ।’


चुनाव घोषणा भएपनि अचार संहिता अहिले लागु भएको छैन्, मन्त्रि साहले भने,‘ नियत ठिक भए कार्यान्वयमा कुनै समस्या हुदैन । अझै समय छ । संघिय सरकारले यो विषयलाई गम्भिरतापुर्वक लिनुपर्छ ।’ मुख्यमन्त्रीसहित हामी सबै पार्टीका मन्त्रिहरु कठमाण्डौ डेलिगेशन नै गएर सम्मानिय प्रधानमन्त्रि शेरवहादुर देउवा, तथा गठबन्धनका दलका शिर्ष नेताहरु भेटेर प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउन आग्रहा गरियौ मन्त्रि साहले भने,‘ तरपनि हाम्रो संघिय सरकारले कुनै चासो लिएनन्, त्यसकारण सभामुखको अध्यक्षतामा सबै दलका सर्वदलिय वैठकले प्रहरी समायोजनको लागि दवाव दिन शान्तिपुर्ण आन्दोलन गर्ने निर्णय गरेका छौ ।’
एक वर्ष अघि प्रदेश सभाबाट प्रहरी समायोजन हुनुपर्छ भनेर सार्वजनिक महत्वको प्रस्ताव सर्वसहमतले पास गरेको मन्त्रि साहले बताए । संविधानमा शान्ति सुरक्षाको जिम्मावारी प्रदेश सरकारलाई दिएको छ, मन्त्रि साहले भने,‘ तर प्रदेश सरकार गठन भएको अव पाँच वर्ष पुग्न लाग्दा पनि हामीसँग आफ्नो प्रहरी छैन, विना प्रहरीको सरकार हुन्छ ? नगरपालिकाहरुले आफ्नो नगर प्रहरी राखि सकेका छन् । तर हामीले एक जना प्रहरी जवान पनि राख्न सकेका छैनौ, न त जनतालाई शान्ति सुरक्षाको अनुभुति दिलाउन सकेका छौ ।’
आन्दोलन कस्तो हुने प्रश्नमा मन्त्रि साहले भने,‘ आन्दोलन शान्तिपुर्ण नै हुन्छ । तर कस्तो कार्यक्रम हुने भने विषयमा सर्वदलिय बसेर निर्णय गर्छौ ।’ मधेश प्रदेश संघियताको जन्ननी भएकोले हामीले संघियता कार्यान्वयनमा अगाडी बढेका छौ मन्त्रि साहले भने,‘ हाम्रो आन्दोलनमा अन्य प्रदेशको सहयोग र समर्थन रहन्छ भन्ने हामिले अपेक्षा गरेका छौ ।’

सम्बन्धित खबर