LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारलाई तह लगाउने चेतावनी दिएका छन् ।सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारहरुले दादागिरी गरेको आरोप लगाए । उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी गरिरहेको भन्दै समयमा काम नसक्ने ठेकेदारलाई नछोड्ने टिप्पणी गरे । ‘को कसको को कसको भन्ने ठेकेदारहरुले विभिन्न नेताहरुको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौं । विस्तारै ठीक पार्छौं’ उनले भने ।
मन्त्री राईले सार्वजनिक यातायातमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा समायोजन भइरहेको बताए । कहीँ कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको उनको भनाइ छ ।

सम्बन्धित खबर