LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

नेपाल प्रहरीमा आर्थिक वर्ष ०७९(०८० का लागि महानिरीक्षकदेखि तल्लो तहका कार्यालय प्रमुखसम्मको कार्यसम्पादन सम्झौता भएको हो । सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ बमोजिम तल्लो तहसम्मका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता भएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले भने ।

गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच मंगलबार गृह मन्त्रालयमा सम्झौता भएका थिए । बुधबार प्रहरी महानिरीक्षक सिंह र एआइजी तथा प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत डिआइजीहरूबीच सम्झौता भएका छन ।

प्रदेशका प्रहरी प्रमुखले जिल्ला प्रहरी प्रमुखसँग यस्तो सम्झौता गरेका हुन् । सम्झौता कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले संगठनका लक्ष्यहरू निर्धारण गरेर जिम्मेवारीप्रति प्रतिवद्ध, नतिजाप्रति उत्तरदायी र जवाफदेही बनाउँदै तोकिएको कार्य समय सिमामा सम्पन्न गरी समग्र प्रहरी काम कारवाहीको स्तरवृद्धि गर्न कार्यसम्पादन करार सम्झौता महत्वपूर्ण साधन हुने उनले बताए ।

प्रहरी महानिरीक्षक सिंह र नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक एआइजी डा.आशा सिंह, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रवीन्द्रबहादुर धानुक, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआइजी उत्तमराज सुवेदी तथा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रशासन विभागका प्रमुख एआइजी अरूणकुमार बिसी, अपराध अनुसन्धान विभागका प्रमुख एआइजी दिवेश लोहनी र मानवस्रोत विकास विभागका प्रमुख एआइजी पूजा सिंह र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी मुकुन्द राज आचार्यबीच कार्यसम्पादन सम्झौतामा प्रत्यक्ष हस्ताक्षर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै, सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच भर्चुअल माध्यमबाट हस्ताक्षर समेत भएको छ ।

 

सम्बन्धित खबर