LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

नेपाल प्रहरीमा आर्थिक वर्ष ०७९(०८० का लागि महानिरीक्षकदेखि तल्लो तहका कार्यालय प्रमुखसम्मको कार्यसम्पादन सम्झौता भएको हो । सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ बमोजिम तल्लो तहसम्मका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता भएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले भने ।

गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच मंगलबार गृह मन्त्रालयमा सम्झौता भएका थिए । बुधबार प्रहरी महानिरीक्षक सिंह र एआइजी तथा प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत डिआइजीहरूबीच सम्झौता भएका छन ।

प्रदेशका प्रहरी प्रमुखले जिल्ला प्रहरी प्रमुखसँग यस्तो सम्झौता गरेका हुन् । सम्झौता कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले संगठनका लक्ष्यहरू निर्धारण गरेर जिम्मेवारीप्रति प्रतिवद्ध, नतिजाप्रति उत्तरदायी र जवाफदेही बनाउँदै तोकिएको कार्य समय सिमामा सम्पन्न गरी समग्र प्रहरी काम कारवाहीको स्तरवृद्धि गर्न कार्यसम्पादन करार सम्झौता महत्वपूर्ण साधन हुने उनले बताए ।

प्रहरी महानिरीक्षक सिंह र नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक एआइजी डा.आशा सिंह, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रवीन्द्रबहादुर धानुक, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआइजी उत्तमराज सुवेदी तथा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रशासन विभागका प्रमुख एआइजी अरूणकुमार बिसी, अपराध अनुसन्धान विभागका प्रमुख एआइजी दिवेश लोहनी र मानवस्रोत विकास विभागका प्रमुख एआइजी पूजा सिंह र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी मुकुन्द राज आचार्यबीच कार्यसम्पादन सम्झौतामा प्रत्यक्ष हस्ताक्षर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै, सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच भर्चुअल माध्यमबाट हस्ताक्षर समेत भएको छ ।

 

सम्बन्धित खबर