LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । दुई सभाबाट पारित भईसकेको नागरिकता विद्येयक राष्ट्रपति विद्यादेवि भण्डारी प्रमाणिकरणमा ढिलाई गरेकोमा नेपाली काँग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिले आपति जनएको छ ।
काँग्रेस मधेशको प्रदेश कार्यसम्पादन समितिको वैठकले दुई सप्ताह अघि प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक तत्काल प्रमाणिकरण माग समेत गरिएको छ । वैठकले अगामी ४ मंसिरमा तोकिएको चुनावलाई लक्ष्ति गरि विभिन्न कार्यक्रम बढाउन निर्णय समेत गरेको छ ।
मधेश प्रदेशका पार्टी महामन्त्रि वृस्तपति कृष्ण श्रेष्ठका अनुसार निर्वाचन केन्द्रित कार्यक्रम गर्न तयारी पार्टी मातहत रहेका समिति, विभाग, भातृ संगठन, संघ संस्थालाई परिचालन गर्न निर्णय भएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा जिल्ला तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चान गरिने तथा संघ र प्रदेश निर्वाचन क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्लाका प्रतिनिधीहरु खटाईने सहितका वैठकबाट निर्णय भएको महामन्त्रि श्रेष्ठले जानकारी दिए ।
मधेश प्रदेश सरकारमाथि अनियमितिता गरेको मुद्दा विशेष अदालतमा दर्ता भएको त्यसले काँग्रेस मधेशको ध्यानकर्षण भएको र पार्टीबाट प्रदेश सरकारमा सहभागि मन्त्रीहरुले आफ्ना उपस्थित प्रभावकारी बनाउने वैठकले निर्देशन समेत गरेको छ । बैठकले संघीय र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुङ्ग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकषर्ण गराउने निर्णय भएको काँग्रेसको सूचना, सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले बताए ।
वर्षोदेखि नागरितकताबाट वञ्चित रहेका नागरिकलाई देउवा नेतृत्वको सरकारले नागरिकता प्रदान गर्न संविधानको व्यवस्था बमोजिम संसदको दुवै सदनबाट नागरिकता विधेयक पारित गराउन सफल भएकोमा सरकार र गृहमन्त्री बालकृष्ण खाणलाई वैठकबाट धन्यवाद समेत दिईएको छ ।

सम्बन्धित खबर