LIVE
पुर्व राज्यमन्त्री सञ्जय साहको मुद्दा सुनुवाइ माग्दै जनकपुरमा प्रदर्शन | | अयोध्याबाट मंगलबार जनकपुरधाम आउँदै सरयुग कमला एक्प्रेस, स्वागतको भव्य तयारी | सर्वदलिय सरकारदेखि रोजगारी सिर्जनासम्म मुख्यमन्त्री यादवको प्राथमिकता | उद्यमीलाई आर्थिक विकासको संवाहक बनाउन सरोकारवालाको जोड | नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे शपथ लिने, एक सातापछि विश्वासको मत लिने | मधेश सरकार गठनमा संवैधानिक अन्योल, सत्ताको दाउपेचमा दलहरू | नेकपाका केन्द्रीय सदस्य श्याम यादवसहितका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश | चिनियाँ दूतावासद्वारा जनकपुरको कन्या मावि शैक्षिक सामग्री सहयोग | छठ मनाउन मधेश झरे कांग्रेस सभापति थापा, सर्लाही हुँदै वीरगञ्ज पुग्ने |

जनकपुरधाम । पुर्वराज्यमन्त्री सञ्जय साहको मुद्दा लामो समयदेखि सुनुवाइ नगरी विचाराधीन अवस्थामा राखिएको भन्दै उनका आफन्त तथा समर्थकले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

जनकपुर बम विस्फोट, सञ्चार उद्यमी अरुण सिंहानिया हत्यालगायतका घटनामा संलग्न रहेको आरोपमा लामो समयदेखि कारागारमा रहेका साहको मुद्दा १२ वर्षसम्म पनि टुंगो नलागेको भन्दै उनीहरूले बुधबार प्रदर्शन गरेका हुन् । गोपाल धर्मशालाबाट सुरु भएको विरोध जुलुस जनक चोक, शिव चोक, भानु चोक र कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । जुलुसमा सहभागीहरूले न्यायको माग गर्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले लामो समयसम्म मुद्दाको सुनुवाइ नगरी विचाराधीन अवस्थामा राख्नु न्यायिक ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले न्यायमा ढिलाइ हुँदा पीडित पक्षले समेत न्यायको अनुभूति गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।
युवा नेता जानि खान मधेशीले कुनै पनि मुद्दालाई अनिश्चितकालसम्म विचाराधीन राख्नु लोकतान्त्रिक न्याय प्रणालीमाथिकै प्रश्न भएको बताए ।

उनले साह दोषी भए कानुनअनुसार कारबाही र निर्दोष भए रिहा गर्नुपर्ने भन्दै मुद्दाको शीघ्र सुनुवाइ हुनुपर्नेमा जोड दिए । त्यस्तै, साहका समर्थक रामअशिस दासले लामो समयदेखि मुद्दाको सुनुवाइ नभएपछि न्यायको माग गर्दै सडकमा उत्रिनुपरेको बताए ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

सम्बन्धित खबर