LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० कार्टुन प्रदर्शन

जनकपुरधाम । भ्रष्टाचारविरुद्ध जनजागरण जगाउने उदेश्यले जनकपुरधामा दुई दिने ‘निसाना’भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनी कार्यक्रम सुरु गरिएको छ ।
कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना तथा सिएमआरको सहकार्यमा शनिवारमा देखि जनकपुरधामस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा आयोजना गरिएको प्रदर्शनी कार्यक्रमको उद्घाटन मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्नुपर्नेमा जोड दिँदै नेपाली समाजलाई भ्रष्टाचारबाट मुक्त गर्नुपर्ने धारणा राखे । ‘भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै पहल गर्नुपर्ने उल्लेख गर्दै मन्त्री साहले भने,‘ माथिबाट यसको पहलकदमी नलिएसम्म भ्रष्टाचार अन्त्य गर्न कठिन हुन्छ ।’
कला र संस्कृतिमार्फत समाजमा जागरण ल्याउन कलाकर्मी तथा संस्कृतिकर्मीले पहलकदमी आवश्यक रहेको मन्त्री साहको भनाई थियो ।
कार्यक्रममा साहित्यकार रोशन जनकपुरीले भ्रष्टाचार समाजमा विविध रुपमा व्याप्त रहेको बताउँदै यसको अन्त्यका लागि नागरिकले सचेत ढंगले आवाज उठाउनुपर्ने बताए ।
नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले प्रदर्शनीमार्फत समाजमा जागरण ल्याउने लक्ष्यका साथ प्रदर्शनी गरिएको बताए । कार्टुन कलाको माध्यमले समाजमा व्याप्त रहेको भ्रष्टाचारलाई बाहिर ल्याउने उद्देश्यका साथ कार्टुन प्रदर्शनी गरिएको उनले बताए । कार्टुनको माध्यले राजनीति, समाज, लगायतका क्षेत्रमा रहेको विकृत पक्षलाई प्रहार गर्दै सचेत बनाउने काम गर्दै आएको अध्यक्ष खनालले बताए ।
कार्टुनिस्ट क्लब अफ नेपालका महासचिव रवि मिश्रले कार्टुनमार्फत खराब आचरणका विरुद्ध जागरण ल्याउने लक्ष्यका साथ देशका सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको बताए । उनले भने, ‘प्रदर्शनी दुई उद्देश्य थियो । जसमा पाठकसँग प्रत्यक्ष संवाद गर्नु र अर्को भ्रष्टाचारविरुद्ध जागरण ल्याउनु रहेको छ ।’
प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० कार्टुन प्रदर्शन गरिएको उनले बताए । प्रदर्शनीमा राजनीतिक, सांस्कृतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पर्यावरण, मानवअधिकार, न्यायक्षेत्र लगायतमा हुने भ्रष्टाचारका विविध पक्षमा केन्द्रित रहेका कार्टुन प्रर्दशनिको लागि राखिएको उनले बताए । महासचिव मिश्रले कार्टुन प्रदर्शनीको औचित्यमाथि प्रकाश पार्दै समाजमा विद्यमान विकृतिप्रति कार्टुनिस्टले व्यंग्यमार्फत सचेतना जगाउदै आएको बताए ।


यसअघि वागमती प्रदेशको काठमाण्डौ र गण्डकी प्रदेशको पोखरामा प्रदर्शनी भइसकेको बताउदै महासचिवले तेस्रो प्रर्दशनी मधेश प्रदेशको जनकपुरमा आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामत,जनसांस्कृतिक महासंघ नेपाल मधेश प्रदेश अध्यक्ष तथा कलाकार राजेश सक्सेनासहितले मन्तव राखेका थिए ।
प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशव राज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा सहितका कार्टुनिस्टका कार्टुन राखिएको छ ।

सम्बन्धित खबर