LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० कार्टुन प्रदर्शन

जनकपुरधाम । भ्रष्टाचारविरुद्ध जनजागरण जगाउने उदेश्यले जनकपुरधामा दुई दिने ‘निसाना’भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनी कार्यक्रम सुरु गरिएको छ ।
कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना तथा सिएमआरको सहकार्यमा शनिवारमा देखि जनकपुरधामस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा आयोजना गरिएको प्रदर्शनी कार्यक्रमको उद्घाटन मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याँक्नुपर्नेमा जोड दिँदै नेपाली समाजलाई भ्रष्टाचारबाट मुक्त गर्नुपर्ने धारणा राखे । ‘भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै पहल गर्नुपर्ने उल्लेख गर्दै मन्त्री साहले भने,‘ माथिबाट यसको पहलकदमी नलिएसम्म भ्रष्टाचार अन्त्य गर्न कठिन हुन्छ ।’
कला र संस्कृतिमार्फत समाजमा जागरण ल्याउन कलाकर्मी तथा संस्कृतिकर्मीले पहलकदमी आवश्यक रहेको मन्त्री साहको भनाई थियो ।
कार्यक्रममा साहित्यकार रोशन जनकपुरीले भ्रष्टाचार समाजमा विविध रुपमा व्याप्त रहेको बताउँदै यसको अन्त्यका लागि नागरिकले सचेत ढंगले आवाज उठाउनुपर्ने बताए ।
नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले प्रदर्शनीमार्फत समाजमा जागरण ल्याउने लक्ष्यका साथ प्रदर्शनी गरिएको बताए । कार्टुन कलाको माध्यमले समाजमा व्याप्त रहेको भ्रष्टाचारलाई बाहिर ल्याउने उद्देश्यका साथ कार्टुन प्रदर्शनी गरिएको उनले बताए । कार्टुनको माध्यले राजनीति, समाज, लगायतका क्षेत्रमा रहेको विकृत पक्षलाई प्रहार गर्दै सचेत बनाउने काम गर्दै आएको अध्यक्ष खनालले बताए ।
कार्टुनिस्ट क्लब अफ नेपालका महासचिव रवि मिश्रले कार्टुनमार्फत खराब आचरणका विरुद्ध जागरण ल्याउने लक्ष्यका साथ देशका सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको बताए । उनले भने, ‘प्रदर्शनी दुई उद्देश्य थियो । जसमा पाठकसँग प्रत्यक्ष संवाद गर्नु र अर्को भ्रष्टाचारविरुद्ध जागरण ल्याउनु रहेको छ ।’
प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० कार्टुन प्रदर्शन गरिएको उनले बताए । प्रदर्शनीमा राजनीतिक, सांस्कृतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पर्यावरण, मानवअधिकार, न्यायक्षेत्र लगायतमा हुने भ्रष्टाचारका विविध पक्षमा केन्द्रित रहेका कार्टुन प्रर्दशनिको लागि राखिएको उनले बताए । महासचिव मिश्रले कार्टुन प्रदर्शनीको औचित्यमाथि प्रकाश पार्दै समाजमा विद्यमान विकृतिप्रति कार्टुनिस्टले व्यंग्यमार्फत सचेतना जगाउदै आएको बताए ।


यसअघि वागमती प्रदेशको काठमाण्डौ र गण्डकी प्रदेशको पोखरामा प्रदर्शनी भइसकेको बताउदै महासचिवले तेस्रो प्रर्दशनी मधेश प्रदेशको जनकपुरमा आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामत,जनसांस्कृतिक महासंघ नेपाल मधेश प्रदेश अध्यक्ष तथा कलाकार राजेश सक्सेनासहितले मन्तव राखेका थिए ।
प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशव राज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा सहितका कार्टुनिस्टका कार्टुन राखिएको छ ।

सम्बन्धित खबर