LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । जनकपुरधाम उपमहनगरपालिका–८ पगलाबावा धर्मको नजिकै रहेको एक घरमा अज्ञात समुहले आगजनी गर्दा लाखौ मुल्य बराबरको क्षति भएको छ ।
शनिवार घरमा केहि नरहेको अवस्थामा अज्ञात समुहले जनकपुरधाम –८ बस्ने नाजमुदिन शाहको घरको ताल्जा तोडि घरमा प्रवेश गरेर घरमै आगो लगाई दिएको हो । पीडित शाहका अनुसार घरमा केहि थिएन, अज्ञात समुहले घरमा रहेका ससमानहरुमा आगो लगाई फरार भएका थिए । आगजनीले घरमा रहेका फनिजरमा समान, टेलिभिजन, लुगाकपडा, खाद्यन्न समाग्रीहरु जलेर नष्ट भएको छ । ६ महिना अघि मात्रै घर निर्माण गरि गृह प्रवेश गरेका थिए, पीडित शाहले भने,‘ तर मोहरम पर्वमा महोत्तरीको खुट्टापिपराडिमा रहेको पुस्तैनी घर गएको वेला यो घटना भएको हो ।’


आगजनीले घरमा पेन्टहरु समेत खराब भएको छ भने पुन मर्मत गराउनुपने अवस्थामा रहेको उनले बताए । अगाजनीले करिव १० लाख मुल्यबराबरको क्षति भएको उनले बताए । घटनाको विषयमा आईतवार विहानै प्रहरीमा निवेदन दिएपनि अहिले सम्म दोषिलाई प्रहरीले सार्वजनिक गर्न नसकेको उनले बताए ।

सम्बन्धित खबर