LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले औचित्यहीन भनेका छन ।लोसपाले प्रहरी समायोजन कार्यान्वयनको लागि जनकपुरधाममा बसेर दबाब दिन नसकने भनेका छन ।

लोसपाका मधेश प्रदेशका अध्यक्ष एवं संसदीय दलका नेता जितेन्द्र सोनल सर्वसम्मतले प्रहरी समायोजन विधेयक पारित भएपछि यसको कार्यान्वयनको जिम्मा नेपाल सरकारको रहेको बताएका छन । जनकपुरधाममा आन्दोलन गरेर केहि नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाव दिन काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने बताएका छन ।

प्रदेशमा सहभागी रहेका दलनै केन्द्रीय सरकारमा पनि छ र प्रहरी समायोजनका लागी केन्द्रमा रहेका गठबन्धन सरकारलाई मधेश प्रदेश सरकारको अन्दोलनलाई केन्द्र सरकारमा रहेका मधेशी दलले कस्तो सहयोग गरनु पर्छ सबैलाई यो कुरा बुझनु पर्ने उनले बताए ।

सोनलले प्रदेशमा गरिएको आन्दोलनको कुनै औचित्य नरहेकाले आन्दोलन काठमाडौं केन्द्रीत गर्नुपर्ने भनेका छन । काठमाडौँमा आन्दोलन भए प्रतिपक्षी दलको पनि भूमिका रहने बताए । प्रहरी समायोजन नगरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरु प्रदेशप्रमुखको कार्यालयमा एक सातासम्म धर्नामा बस्ने छन् ।

सम्बन्धित खबर