LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले औचित्यहीन भनेका छन ।लोसपाले प्रहरी समायोजन कार्यान्वयनको लागि जनकपुरधाममा बसेर दबाब दिन नसकने भनेका छन ।

लोसपाका मधेश प्रदेशका अध्यक्ष एवं संसदीय दलका नेता जितेन्द्र सोनल सर्वसम्मतले प्रहरी समायोजन विधेयक पारित भएपछि यसको कार्यान्वयनको जिम्मा नेपाल सरकारको रहेको बताएका छन । जनकपुरधाममा आन्दोलन गरेर केहि नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाव दिन काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने बताएका छन ।

प्रदेशमा सहभागी रहेका दलनै केन्द्रीय सरकारमा पनि छ र प्रहरी समायोजनका लागी केन्द्रमा रहेका गठबन्धन सरकारलाई मधेश प्रदेश सरकारको अन्दोलनलाई केन्द्र सरकारमा रहेका मधेशी दलले कस्तो सहयोग गरनु पर्छ सबैलाई यो कुरा बुझनु पर्ने उनले बताए ।

सोनलले प्रदेशमा गरिएको आन्दोलनको कुनै औचित्य नरहेकाले आन्दोलन काठमाडौं केन्द्रीत गर्नुपर्ने भनेका छन । काठमाडौँमा आन्दोलन भए प्रतिपक्षी दलको पनि भूमिका रहने बताए । प्रहरी समायोजन नगरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरु प्रदेशप्रमुखको कार्यालयमा एक सातासम्म धर्नामा बस्ने छन् ।

सम्बन्धित खबर