LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

२९ साउन, काठमाडौं । नेपाल सरकारले भारतीय सेनाका सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ । नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्न उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय सरकारले गरेको छ ।

सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय भएको जानकारी दिएका हुन् । नेपालको वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले २४ कार्तिक २०७८ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी पदवी लिएका थिए ।

नेपाली सेनाका प्रधानसेनापति शर्माले २० देखि २३ भदौसम्म पाण्डेलाई नेपाल भ्रमणमा बोलाउने प्रस्ताव परराष्ट्र मन्त्रालय मार्फत गरे पनि मिति भने स्वीकृत भएको छैन । नेपाली सेना र भारतीय सेनाबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक आपसमा मानार्थ महारथी दिने प्रचलन रहेको छ ।

सम्बन्धित खबर