LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम उपमहानगरपालिका २ का वडाध्यक्ष शिवकुमार साहले १३५ जना वृद्ध–वृद्धालाई लिएर राम जन्मभूमी अयोध्याका लागि आइतबारदेखि धार्मिक यात्रा शुरु गरेका हुन । साहले आफ्ना वडाका १३५ जना जेष्ठ नागरिकहरुलाई लिएर भारतको अयोध्या, बनारस सहितका तिर्थधामका लागि प्रस्थान गरेका छन ।

यस अवसरमा विदाई गर्नका लागी पुगेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा धनुषा ३ बाट उम्मेदवारी दिने बताएका छन । उनले लोकतान्त्रिक शक्तिहरु एकजुट भई मिलेर आगामी निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।

नेता निधिले सत्ता गठबन्धनको दलमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराई सरकारमा समावेश गर्नुपर्ने उनले बताए । नेता निधिले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई आफुले स्वयं कुरा गरेर निर्वाचनमा सँगै जानका लागि भनेको जिकिर गरे । ‘लोसपालाई गठबन्धनमा ल्याउन पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न चरणमा छलफल गरेका उनले बताए ।

 

सम्बन्धित खबर