LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

२९ साउन, काठमाडौं । काठमाडौं उपत्यका काठमाडौं, ललितपुर र भक्तपुरको सार्वजनिक यातायातको नियमन, सञ्चालन र व्यवस्थापनमा संघीय सरकारको पनि सहभागिता हुने भएको छ । संविधानले प्रष्ट रुपमा यातायातबारे राष्ट्रिय नीति संघीय सरकारले बनाउने र यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हुने भनी किटान गरेको हो ।

संघीय राजधानीको हकमा संघीय सरकारले यातायात नीति मात्रै नबनाएर नीति कार्यान्वयनमा समेत सहभागिता जनाउने गरी संघीय संसदले कानुन बनाएको हो ।काम गर्ने बडीका रुपमा ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ गठन हुनेछन ।

प्राधिकरणको काम कारबाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ हुनेछ । परिषदमा तीन वटै सरकारका प्रतिनिधि रहनेछन् ।

राष्ट्रिय सभाबाट पारित भइसकेकाले यो विधेयक अब पुनः राष्ट्रिय सभा हुँदै राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित भइ राष्ट्रपतिकहाँ जानेछन । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनका रुपमा कार्यान्वयनमा आउँने छन ।

सम्बन्धित खबर