LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

मो.इन्तेखब आलम
जनकपुरधाम । नागरिकता सम्बन्धी बिद्येयक राष्ट्रपति कार्यालयबाट फिर्ता भएको विरोधमा सोमवार जनकपुरमा मधेशवादी दलहरुले राष्ट्रपति विद्यादेवी विरुद्ध चर्को नारावाजी गरेका छन । राष्टपति मधेश विरोधी रहेको भन्दै मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले नगरको पैरकर्मा गरदै राष्ट्रपति विरुद्ध जुलुस निकालेका छन ।

लोकतान्त्री समाजवादी पार्टीले पार्टी कार्यालायबाट निकालएको बिरोध रैली जनक चौकमा आई कोणसभामा परिणत भएको थियो । लोसपा धनुषाका पार्टी अध्यक्ष ताथा सभासद प्रमेश्वर साहले भने राष्टपतिले नागरिकता विद्येयक फिर्ता नलिए हामी कडा भन्दा कडा आन्दोलनमा जाने उनले बताए ।

प्रतिनिधि सभा र राज्य सभाबाट बहुमतले पारित नागरिकता विद्येयकलाई राष्ट्रपतिले मधेशी जनतालाई विभेद गरेको उनले बताए । लोसपा नगर कमिटीका अध्यक्ष मनोज चौधरीले भने मधेशी जनतालाई न्याय पाउने बेलामा राज्यले कुनै न कुनै विभेदकारी निर्णय लिई मधेश जनता विरुद्ध षडयन्त्र गरेको उनले बताए ।

त्यस्तै जनता समाजवादी पार्टीले जनक चौकबाट निकालिएको विरोध रैली शिव चौकमा आई कोणसभामा परिणत भएको थियो । जसपा केन्द्रिय नेता राम गोविन्द यादवले भने मधेशी जनता पनि नेपाली जनता हो, मधेशी जनतालाई अधिकार दिदा केन्द्रिय शासकहरुले सदयौ देखि विभेदकारी षडयन्त्र गरदै आएको आरोप लगाएका छन ।

मधेशी जनताको अधिकारलाई राष्ट्रपतिले आदर नगरेको उनले बताए । जनकपुरधाम उपमहानगरपालिका पूर्व मेयर लाल किशोरले भने मधेशी जनताका लागी मधेशीदलहरुले नागरिकता विद्येयक पारितका लागी धेरै संघर्ष गरे तर राष्टपतिले मधेशी जनताको आशालाई निराशामा परिणत गरेकोमा उनको नियत माथि मधेशी जनताको शंकामा बल पुगेको उनले बताए ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नगगरिकता विद्येयक फिर्ता गरिएको विरुद्ध सिरहाको गोलबजार सडकखण्ड अवरुद्ध गरि जनमत पार्टीका कार्यकर्ताहरुले राष्टपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी गरदै प्रदर्शन गरेका छन । प्रतिनिधिसभा र राष्टियसभाबाट पारित भई प्रमनणीकरणका लागी राष्टपति समक्ष पुगेका नागरिकता राष्टपतिले फिर्ता गरेकी थिइन् । जसको विरोधमा जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको पार्टीका नेता बीपी साहले बताए ।

 

 

सम्बन्धित खबर