LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

नगरिकता विद्येयक फिर्ता गरेर राष्ट्रपतिले युवाको भविष्य संग खेलवार गरेको यादवको आरोप
मो.इन्तेखाब आलम
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विद्येयक फिर्ता गरेर राष्ट्रपति विद्द्ययादेवी भण्डारीले मधेशका युवाहरुको भविष्य संग खेलवार गरेको आरोप लगाएका छन । समाजवादी युवा संघ नेपाल केन्द्रिय समितीले जनकपुरमा आयोजना गरेको दुई दिने राष्ट्रिय युवा भेला कार्यक्रममा अध्यक्ष यादवले यस्तो आरोप लगाएका छन ।

राष्ट्रपतिले फिर्ता गरेको विद्येयकलाई विना संसोधन दुबै सदनबाट पारित गराई राष्ट्रपति समक्ष पुन पठाइने उनले बताए । नेकपा एमालेको ईशारामा राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक फिर्ता गरेको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ ७ लाख युवा नागरिकताबाट वञ्चित छन्, नागरिकताको अभावमा उनीहरुको भविष्य अन्धकार भईरहेको छ ।

तरपनि विभिन्न षडयन्त्र तह नागरिकता रोक्ने अधुरो प्रयास भईरहेको छ ।’शिक्षित रहेका युवाहरुलाई रोजगारि दिएर मुलुकको विकास निर्माण कार्यमा लगाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।मुलुक भित्र रोजगार नपाएर युवाहरु वैदेशिक रोजगारमा जान्न वाध्य रहेको बताउदै अध्यक्ष यादवले मुलुकमै रोजगारिको अवसर सृजना गरि युवाहरुको विदेश पलायनबाट रोक्नुपर्ने उनले बताए ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमंत्री मो. लालबाबु राउतले युवालाई लक्षित गरि मधेश प्रदेश सरकारले विभिन्न योजनाहरु अगाडी सारेको बताए । युवा नै परिर्वतनको सम्वाहक रहेको बताउदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले शिक्षा,स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा रोजगारिको वातावरण बनाउन गम्भिर रहेको बताए । जनकपुर उपमहानगरपालिका पूर्व मेयर लाल किशोर साह,जसपा केन्द्रिय सदस्य रामगोविन्द यादव,युवा नेता जितेन्द्र यादव लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

सम्बन्धित खबर