LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

नगरिकता विद्येयक फिर्ता गरेर राष्ट्रपतिले युवाको भविष्य संग खेलवार गरेको यादवको आरोप
मो.इन्तेखाब आलम
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विद्येयक फिर्ता गरेर राष्ट्रपति विद्द्ययादेवी भण्डारीले मधेशका युवाहरुको भविष्य संग खेलवार गरेको आरोप लगाएका छन । समाजवादी युवा संघ नेपाल केन्द्रिय समितीले जनकपुरमा आयोजना गरेको दुई दिने राष्ट्रिय युवा भेला कार्यक्रममा अध्यक्ष यादवले यस्तो आरोप लगाएका छन ।

राष्ट्रपतिले फिर्ता गरेको विद्येयकलाई विना संसोधन दुबै सदनबाट पारित गराई राष्ट्रपति समक्ष पुन पठाइने उनले बताए । नेकपा एमालेको ईशारामा राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक फिर्ता गरेको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ ७ लाख युवा नागरिकताबाट वञ्चित छन्, नागरिकताको अभावमा उनीहरुको भविष्य अन्धकार भईरहेको छ ।

तरपनि विभिन्न षडयन्त्र तह नागरिकता रोक्ने अधुरो प्रयास भईरहेको छ ।’शिक्षित रहेका युवाहरुलाई रोजगारि दिएर मुलुकको विकास निर्माण कार्यमा लगाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।मुलुक भित्र रोजगार नपाएर युवाहरु वैदेशिक रोजगारमा जान्न वाध्य रहेको बताउदै अध्यक्ष यादवले मुलुकमै रोजगारिको अवसर सृजना गरि युवाहरुको विदेश पलायनबाट रोक्नुपर्ने उनले बताए ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमंत्री मो. लालबाबु राउतले युवालाई लक्षित गरि मधेश प्रदेश सरकारले विभिन्न योजनाहरु अगाडी सारेको बताए । युवा नै परिर्वतनको सम्वाहक रहेको बताउदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले शिक्षा,स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा रोजगारिको वातावरण बनाउन गम्भिर रहेको बताए । जनकपुर उपमहानगरपालिका पूर्व मेयर लाल किशोर साह,जसपा केन्द्रिय सदस्य रामगोविन्द यादव,युवा नेता जितेन्द्र यादव लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

सम्बन्धित खबर