LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै संघिय सरकार विरुद्ध धर्ना दिदै आएको मधेश प्रदेश सरकारले आन्दोलन स्थगित गरेको छ ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले धर्नामा मंगलवार पत्रकार सम्मेलन गरि संघिय सरकारले चुनाव पछि प्रहरी समायोजन गर्ने आवश्वास दिएपछि आफुहरु आन्दोलनको कार्यक्रम स्थगित गरेको बताए ।
मधेश प्रदेशका मुख्यमन्त्र तथा मन्त्रीहरुले विगत तीन दिनदेखि प्रदेश प्रमुख कार्यालयको प्राङ्गमा धर्ना दिदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा धर्ना स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए ।
मुख्यमन्त्री राउतले भने,‘ प्रहरी समायोजनको विषयमा सोमवार तीन चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसँग कुराकानी भयो । उहाँहरुले प्रहरी समायोजनको विषयमा गम्भिरता व्यक्त गर्नुभयो । तर निर्वाचनको मिति घोषणा भई सकेकोले तत्काल गर्न समस्या हुने भएकोले धर्ना स्थगित गर्न अनुरोध गर्नुभयो । त्यसैले हामी आन्दोलनका कार्यक्रम तत्काल स्थगित गरेका हौ ।’
प्रदेश प्रमुख हरिशंकर मिश्रले धर्ना स्थलमा गएर संघिय सरकारले दिएको आवश्वसनको विषयमा स्पष्ट गरेका थिए । संघिय सरकारले समायोजनको विषयमा सकारात्क रहेकोले र निर्वाचन पछि प्रहरी समायोजन हुने आवश्वास पाएको प्रदेश प्रमुख मिश्रले बताए ।

सम्बन्धित खबर