LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै संघिय सरकार विरुद्ध धर्ना दिदै आएको मधेश प्रदेश सरकारले आन्दोलन स्थगित गरेको छ ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले धर्नामा मंगलवार पत्रकार सम्मेलन गरि संघिय सरकारले चुनाव पछि प्रहरी समायोजन गर्ने आवश्वास दिएपछि आफुहरु आन्दोलनको कार्यक्रम स्थगित गरेको बताए ।
मधेश प्रदेशका मुख्यमन्त्र तथा मन्त्रीहरुले विगत तीन दिनदेखि प्रदेश प्रमुख कार्यालयको प्राङ्गमा धर्ना दिदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा धर्ना स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए ।
मुख्यमन्त्री राउतले भने,‘ प्रहरी समायोजनको विषयमा सोमवार तीन चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसँग कुराकानी भयो । उहाँहरुले प्रहरी समायोजनको विषयमा गम्भिरता व्यक्त गर्नुभयो । तर निर्वाचनको मिति घोषणा भई सकेकोले तत्काल गर्न समस्या हुने भएकोले धर्ना स्थगित गर्न अनुरोध गर्नुभयो । त्यसैले हामी आन्दोलनका कार्यक्रम तत्काल स्थगित गरेका हौ ।’
प्रदेश प्रमुख हरिशंकर मिश्रले धर्ना स्थलमा गएर संघिय सरकारले दिएको आवश्वसनको विषयमा स्पष्ट गरेका थिए । संघिय सरकारले समायोजनको विषयमा सकारात्क रहेकोले र निर्वाचन पछि प्रहरी समायोजन हुने आवश्वास पाएको प्रदेश प्रमुख मिश्रले बताए ।

सम्बन्धित खबर