LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेपाल प्रहरी महानिरीक्षक धिरज प्रातप सिंहलाई जनकपुरका विभिन्न संघसंस्थाहरुले सम्मान गरेका छन् ।
जनकपुरका विभिन्न दुई दर्जन संघसंस्थाहरुले आईजिपि सिंहलाई जनकपुरधाममा प्रदेश प्रहरी प्रमुखको रुपमा राम्रो काम गरेको र अहिले नेपाल प्रहरीको सर्वोच्च पदमा पुगेकोले प्रसंसा गरेर ति संस्थाहरुले सम्मान गरेका छन् । जनकपुरका राम युवा कमिटि, महाविर युवा कमिटि, गणेश युवा कमिटि, रामनन्द युवा कमिटि, जनकपुर युथ क्लव, नागवंशी युवा समाज सहितका विभिन्न संघ संघसंस्थाहरुले आईजिपी सिंहलाई दोसला तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरेका छन् ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आईजिपी सिंहले जनकपुरवासीले आफुलाई दिएको माया सँधै स्मरणीय रहने बताए । समाजमा शान्ति सुरक्षा मिलाउन तथा मुलुकमा अमन चयनको वातावरण मिलाउन नेपाल प्रहरीको पहिलो दायित्व रहेको बताउदै नेपाल प्रहरीको उदेश्य र दायित्वको पुरा गर्नमा आमनागरिकको महत्वपुर्ण भुमिका रहेको बताए । कार्यक्रममा रामानन्द युवा क्लवका संस्थापक अध्यक्ष अमर चन्द अलिले आईजिपि सिंह मधेश प्रदेश प्रहरी प्रमुख हुदाँ उल्लेखनिय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

 

सम्बन्धित खबर