LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विद्येयक फिर्ता गरेर राष्ट्रपति विद्या देवी भण्डारीले मधेशका युवाहरुको भविष्य संग खेलवार गरिरहेको आरोप लगाएका छन ।
समाजवादी युवा संघ नेपालले मंगलवार जनकपुरमा आयोजना गरेको दुई दिने राष्ट्रिय युवा भेला कार्यक्रममा अध्यक्ष यादवले यस्तो आरोप लगाएका छन । राष्ट्रपतिले फिर्ता गरेको विद्येयक विना संसोधन दुबै सदनबाट पारित गराई राष्ट्रपति समक्ष पुनः पठाउने सरकारले तयारी गरिरहेको अध्यक्ष यादवले बताए । नेकपा एमालेको ईशारामा राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक फिर्ता गरेको दावि गर्दै अध्यक्ष यादवले भने,‘ ७ लाख भन्दा बढी युवा नागरिकताबाट वञ्चित छन्, उनीहरुको भविष्य अन्धकार भईरहेको छ । तरपनि विभिन्न षडयन्त्र गरि उनीहरुलाई नागरिकताबाट वंचित गर्ने काम भईरहेको छ ।’
मुलुक भित्र रोजगार नपाएर युवाहरु वैदेशिक रोजगारमा जान्न वाध्य रहेको बताउदै अध्यक्ष यादवले मुलुकमै रोजगारिको अवसर सृजना गरि युवाहरुको विदेश पलायनबाट रोक्नुपर्ने उनले बताए । शिक्षित युवाहरुलाई रोजगारि दिएर मुलुकको विकास निर्माण कार्यमा लगाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमंत्री मो. लालबाबु राउतले युवालाई लक्षित गरि मधेश प्रदेश सरकारले विभिन्न योजनाहरु अगाडी सारेको बताए । युवा नै परिर्वतनको सम्वाहक रहेको बताउदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले शिक्षा,स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा रोजगारिको वातावरण बनाउन गम्भिर रहेको बताए ।
जनकपुर उपमहानगरपालिका पूर्व मेयर लाल किशोर साह,जसपा केन्द्रिय सदस्य रामगोविन्द यादव,युवा नेता जितेन्द्र यादव लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

 

सम्बन्धित खबर