LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विद्येयक फिर्ता गरेर राष्ट्रपति विद्या देवी भण्डारीले मधेशका युवाहरुको भविष्य संग खेलवार गरिरहेको आरोप लगाएका छन ।
समाजवादी युवा संघ नेपालले मंगलवार जनकपुरमा आयोजना गरेको दुई दिने राष्ट्रिय युवा भेला कार्यक्रममा अध्यक्ष यादवले यस्तो आरोप लगाएका छन । राष्ट्रपतिले फिर्ता गरेको विद्येयक विना संसोधन दुबै सदनबाट पारित गराई राष्ट्रपति समक्ष पुनः पठाउने सरकारले तयारी गरिरहेको अध्यक्ष यादवले बताए । नेकपा एमालेको ईशारामा राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक फिर्ता गरेको दावि गर्दै अध्यक्ष यादवले भने,‘ ७ लाख भन्दा बढी युवा नागरिकताबाट वञ्चित छन्, उनीहरुको भविष्य अन्धकार भईरहेको छ । तरपनि विभिन्न षडयन्त्र गरि उनीहरुलाई नागरिकताबाट वंचित गर्ने काम भईरहेको छ ।’
मुलुक भित्र रोजगार नपाएर युवाहरु वैदेशिक रोजगारमा जान्न वाध्य रहेको बताउदै अध्यक्ष यादवले मुलुकमै रोजगारिको अवसर सृजना गरि युवाहरुको विदेश पलायनबाट रोक्नुपर्ने उनले बताए । शिक्षित युवाहरुलाई रोजगारि दिएर मुलुकको विकास निर्माण कार्यमा लगाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमंत्री मो. लालबाबु राउतले युवालाई लक्षित गरि मधेश प्रदेश सरकारले विभिन्न योजनाहरु अगाडी सारेको बताए । युवा नै परिर्वतनको सम्वाहक रहेको बताउदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले शिक्षा,स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा रोजगारिको वातावरण बनाउन गम्भिर रहेको बताए ।
जनकपुर उपमहानगरपालिका पूर्व मेयर लाल किशोर साह,जसपा केन्द्रिय सदस्य रामगोविन्द यादव,युवा नेता जितेन्द्र यादव लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

 

सम्बन्धित खबर