LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

रौतहटमा भवन बनेको तीन वर्ष भई सक्दा पनि हाल सम्म प्रसूति गृह सञ्चालनमा आएको छैन । गुजरा नगरपालिका २ को कटानी बजारमा नेपाल सरकार, गुजरा नगरपालिका तथा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा बनेको भवन प्रसूति सेवा सुरु नभएका कारण स्थानीयवासीहरु बाध्य भएर अन्यत्र जानुपर्ने बाध्यता छ ।

रंगपुर स्वास्थ्य चौकी मातहतमा रहेको प्रसूति गृह भवन करिब ४१ लाखको लागतमा बनेको हो । ४१ लाखमा तीन कोठे भवन मात्र बनेको र त्यसमै आर्थिक अनियमितता भएको स्थानीयको आरोप छ ।

सो भवनमा प्रसूतिगृह सञ्चालनमा नआएका कारण स्वास्थ्य चौकीको सामान्य काम रंगपुर स्वास्थ्य चौकीबाटै हुने गरेको प्रमुख भुपेन्द्र चौधरीले जानकारी दिए । गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ ।

सम्बन्धित खबर