LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

रौतहटमा भवन बनेको तीन वर्ष भई सक्दा पनि हाल सम्म प्रसूति गृह सञ्चालनमा आएको छैन । गुजरा नगरपालिका २ को कटानी बजारमा नेपाल सरकार, गुजरा नगरपालिका तथा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा बनेको भवन प्रसूति सेवा सुरु नभएका कारण स्थानीयवासीहरु बाध्य भएर अन्यत्र जानुपर्ने बाध्यता छ ।

रंगपुर स्वास्थ्य चौकी मातहतमा रहेको प्रसूति गृह भवन करिब ४१ लाखको लागतमा बनेको हो । ४१ लाखमा तीन कोठे भवन मात्र बनेको र त्यसमै आर्थिक अनियमितता भएको स्थानीयको आरोप छ ।

सो भवनमा प्रसूतिगृह सञ्चालनमा नआएका कारण स्वास्थ्य चौकीको सामान्य काम रंगपुर स्वास्थ्य चौकीबाटै हुने गरेको प्रमुख भुपेन्द्र चौधरीले जानकारी दिए । गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ ।

सम्बन्धित खबर