LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

जनकपुरधाम भदौ १ गते । आगामी मंसिर ४ मा हुने गईरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनमत पार्टीले कुनै पनि पार्टीसँग गठबन्धन नहुने अध्यक्ष डा. सीके राउतले बताएका छन । मंगलबार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले यसो भनेका छन ।

अध्यक्ष राउतले पार्टी कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन । उनले भने केही सिटमा भने तालमेल हुन सक्ने जनाएका छन ।‘ राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने जनाएका छन । केही सिटमा तालमेलको सम्भव छ, कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौं उनले बताए ।

जनमत पार्टीले तराई–मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा उम्मेदवारी दिने बताउँदै पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्नका लागि पार्टी रहेको र कार्यकर्तालाई चुनावका लागी मेहन्त गर्न निर्देशन पनि दिएका छन ।

सम्बन्धित खबर