LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

जनकपुरधाम । उद्घाटन भएको १२ वर्ष बितिसक्दा पनि रौतहटको बागमती नदिमा पक्कि पुल निर्माण हुन सकेको छैन् । दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वास्थित बागमती नदीमा पुल निर्माण हुन नसक्दा स्थानियलाई ओहर दोहर गर्नमा समस्या भएको छ ।

तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले सथानियको समस्यालाई निराकर्ण उदश्यले बागमती नदीमा पुल शिलान्यास गरेको थियो । पुल निर्माण सम्पन्न नहुँदा बागमती पारी बसोवास गर्ने करिब ४ सयभन्दा बढी घरधुरीले जान जोखिममा पारेर काठको डुंगामा सवार भई यात्रा गर्न बाध्य छन्।

हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको सुनाए। डेढ वर्षको अवधिमा बागमती नदीको पुल अन्य कुनै किसिमको बाधा नहुने र सो पुल निर्माण सम्पन्न हुने बताए। बागमती नदीको उक्त पुल निमार्ण सम्पन्न भएमा रौतहट र सर्लाहीका बासिन्दाहरुले समेत लाभावन्वित हुने उनले बताए ।

पुलको निर्माण ठेक्का लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का पाएको थियो। ठेक्का लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले पाए पनि यसको निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियो।

पप्पु कन्ट्रक्सनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो। १७ स्पान सहितका सो पुलको लम्बाइ ६३३ मिटर र चौडाइ दुई लेन रहेको छ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्द गरेपछि पुनः आह्वान गरेको ठेक्का महालक्ष्मी विकास वाइपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कार्तिक १० गते निमार्ण सम्पन्न गर्नेगरी ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा सम्झौता भएका छन । नयाँ ठेक्का लगाएपनि काम भने सुरु हुन सकेको छैन।

सम्बन्धित खबर