LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

प्रतिबन्धीत लागूऔषधसहित बाराबाट दुईजनालाई प्रहरीले पक्राउ  गरेका  छन् ।पक्राउ पर्नेमा जिल्लाको निजगढ नगरपालिकाका–९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरुलाई प्रहरीले पक्राव गरेको हो ।

पूर्व‍–पश्चिम लोकमार्ग सडक खण्डबाट पथलैयाबाट निजगढ आउँदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा दुबैजनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६–२६ प्रतिबन्धीत लागुऔषध बरामद गरेको प्रहरीले जनाएका छन् । यस बारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

सम्बन्धित खबर