LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेका छन् । शनिबार राति उनलाई महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुर स्थित आफ्नै घरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिब विपन्नलाई उनी लुटदै आईरहेका थिए । पक्राउ परेका साहमाथि ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही गरिने एसपी पंगेनीले बताए ।अनिरुद्धले गैरकानुनी रुपमा चर्को ब्याजदरमा भंगहा नगरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेका छन ।

गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात १२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको ब्याज समेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने उनको लामोसयमदेखि उनको धन्धा हो ।

सम्बन्धित खबर