LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेका छन् । शनिबार राति उनलाई महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुर स्थित आफ्नै घरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिब विपन्नलाई उनी लुटदै आईरहेका थिए । पक्राउ परेका साहमाथि ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही गरिने एसपी पंगेनीले बताए ।अनिरुद्धले गैरकानुनी रुपमा चर्को ब्याजदरमा भंगहा नगरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेका छन ।

गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात १२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको ब्याज समेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने उनको लामोसयमदेखि उनको धन्धा हो ।

सम्बन्धित खबर