LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । सोमबार कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचर्को एउटा समूह र कर्मचारीबीच वादविवाद भएको छ । सहकारीले मागेजति बचत रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता आक्रोशित भएको थियो । सहकारीका अनुसार बिहीबार सफ्टवेयर सिस्टममा समस्या आउँदा बाहेक कारोबार भइरहेको बताए ।

बचतकर्ताले झिक्न चाहेको जति रकम भने सहकारीले दिन सकेको छैन । साउनसम्म एक जनालाई एक पटकमा १ लाख रुपैयाँसम्म रकम झिक्न दिएको सहकारीले पछिल्लो समय २५ हजारको सीमा तोकेको थियो । आइतबारदेखि दैनिक एक जनालाई १५ हजार रुपैयाँभन्दा बढी बचत रकम झिक्न नपाउने सीमा तोकेको कान्तिपुर सहकारीका प्रबन्धक प्रेम लामाले बताए ।

पछिल्लो समय सहकारीमा संकलन हुने बचतभन्दा झिक्ने रकम बढी हुुुँदा तरलता समस्या बढ्दै गएको उनको भनाइ रहेको छ । यो समस्या कान्तिपुरमा मात्र होइन, धेरै सहकारीमा देखिएको छ । काठमाडौं, कुलेश्वरको गौतमश्री, ललितपुरको देउराली, धरानको बराह जस्ता ठूला सहकारीमै समस्या देखिएका कारण बचतकर्ताको सहकारी संस्थामाथि विश्वास डगमगाएको छ ।

सुशासनमा चलेका सहकारी संस्थामा पनि रकम झिक्न वचतकर्ता बढेका छन् । खासगरी गौतमश्री सहकारीमा देखिएको समस्याले सहरी क्षेत्रका सहकारीका काउन्टरमा पैसा जम्मा गर्नेहरु नगण्य पुगिरहेका छन् भने झिक्नेहरुको ताँती लामो छन ।

सम्बन्धित खबर