LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

काठमाडौं । सोमबार कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचर्को एउटा समूह र कर्मचारीबीच वादविवाद भएको छ । सहकारीले मागेजति बचत रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता आक्रोशित भएको थियो । सहकारीका अनुसार बिहीबार सफ्टवेयर सिस्टममा समस्या आउँदा बाहेक कारोबार भइरहेको बताए ।

बचतकर्ताले झिक्न चाहेको जति रकम भने सहकारीले दिन सकेको छैन । साउनसम्म एक जनालाई एक पटकमा १ लाख रुपैयाँसम्म रकम झिक्न दिएको सहकारीले पछिल्लो समय २५ हजारको सीमा तोकेको थियो । आइतबारदेखि दैनिक एक जनालाई १५ हजार रुपैयाँभन्दा बढी बचत रकम झिक्न नपाउने सीमा तोकेको कान्तिपुर सहकारीका प्रबन्धक प्रेम लामाले बताए ।

पछिल्लो समय सहकारीमा संकलन हुने बचतभन्दा झिक्ने रकम बढी हुुुँदा तरलता समस्या बढ्दै गएको उनको भनाइ रहेको छ । यो समस्या कान्तिपुरमा मात्र होइन, धेरै सहकारीमा देखिएको छ । काठमाडौं, कुलेश्वरको गौतमश्री, ललितपुरको देउराली, धरानको बराह जस्ता ठूला सहकारीमै समस्या देखिएका कारण बचतकर्ताको सहकारी संस्थामाथि विश्वास डगमगाएको छ ।

सुशासनमा चलेका सहकारी संस्थामा पनि रकम झिक्न वचतकर्ता बढेका छन् । खासगरी गौतमश्री सहकारीमा देखिएको समस्याले सहरी क्षेत्रका सहकारीका काउन्टरमा पैसा जम्मा गर्नेहरु नगण्य पुगिरहेका छन् भने झिक्नेहरुको ताँती लामो छन ।

सम्बन्धित खबर