LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । परिवर्तित प्रशिक्षण टिम र वर्षाका कारण अपर्याप्त तयारीका बीच नेपाल क्रिकेट टोली केन्यासँगको एकदिवशीय र ट्वेन्टी(२० शृंखलाका लागि सोमबार राति नैरोवी प्रस्थान गर्दैछन । नेपालले त्यहाँ पाँच टी(२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेलको शृंखला खेल्नेछन ।

आईसीसी विश्वकप लिग टूका बाँकी शृंखलामा राम्रो प्रदर्शन गरी एकदिवशीय मान्यता कायम राख्ने तथा टी(२० मा वरीयता सुधार गर्ने नेपाली क्रिकेटको अहिलेको पहिलो लक्ष्य हो । सन् १९९० को दशकमा भारतीय क्रिकेटका सनसनी प्रभाकरले दुई साताअघि एक वर्षका लागि नेपाल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका हुन् अगाडि केन्या भ्रमण चाहीं नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरका लागि खेलाडी चिन्ने र टिमको क्षमता बुझ्ने उपयुक्त अवसर हो ।

थोरै समय प्रशिक्षणका बावजुत पनि प्रशिक्षक प्रभाकरले राम्रो तयारी भएको बताएका छन् र केन्या टुरबाट धेरै अपेक्षा राखेका छन् ।केन्यामा एकदिवशीय र टी(२० खेलमा गरेको प्रदर्शनको आधारमा प्रभाकरले यही टोलीका खेलाडीलाई निरन्तरता दिनेछन् वा नयाँ खेलाडीको खोजी गर्नेछन्। प्रभाकरले टी(२० का लाग आशिफ शेखको ओपनिङ जोडीका रुपमा पवन सर्राफलाई प्रयोग गर्नेछन् ।

एकदिवशीयमा भने आशिफ र ज्ञानेन्द्र मल्लको जोडीलाई परीक्षण गरिनेछ । ६ महिनापछि टिममा फर्किएका पूर्वकप्तान ज्ञानेन्द्रको ब्याटिङ शैलीमा प्रभाकर प्रभावित छन् । आईसीसी क्रिकेट विश्वकप लिग टू मा लगातार तीन शृंखला खेलेको नेपाल टिम केन्या भ्रमणमा टी(२० खेलतर्फ लय लिने प्रयासमा हुनेछ ।

नेपालले पछिल्लो पटक गत फागुनमा ओमानमा टी(२० विश्वकप छनोट खेलेको थियो । तर निर्णायक खेलमा युएईसँग पराजित हुँदा नेपाल टी(२० विश्वकपमा छनोट हुन सकेन ।नेपाल र केन्याबीचको पहिलो टी(२० अन्तर्राष्ट्रिय आउने बिहीबार नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा हुनेछ । अगष्ट २५ देखि ३० सम्म पाँच खेलको टी(२० शृंखलापछि नेपालले केन्यासँग सेप्टेम्बर २, ३ र ५ मा तीन वटा एकदिवशीय खेल हुनेछन।

सम्बन्धित खबर