
सप्तरीमा प्रहरी तस्करीको सामान बरामद गर्न जाँदा प्रहरी र स्थानीयबीच झडप भएको छ ।जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा सो झडप भएको हो । मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएका थिए ।
प्रहरी र स्थानीय बीच झडप भएको र झडपमा परेर केही ३ जना प्रहरी र स्थानीय घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । स्थिती नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइ फायर समेत गरिएको बताए । तस्कर भने फरार रहेको उनले बताए ।