LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

मिटरव्याज पीडितहरूबाट अहिलेसम्म १ हजार ९ सय ३७ वटा उजुरी प्राप्त भएको गृहमन्त्री बालकृष्ण खाणले भनेका छन्। गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल बनाएर भदौ ५ गतेसम्म उजुरी गर्नआह्वान गरेका थिए।

कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान गरिएका थिए।भदौ ५ गतेसम्म एक हजार नौ सय ३७ उजुरी आएको गृहमन्त्री खाणले बताए । सबै उजुरीमाथि छानबिन गरी कानून अनुसार कारबाही गर्ने गृहमन्त्री खाणले बताए। गृहमन्त्रीले मिटरव्याज अपराधमा जहिले पनि उजुरी दिन सकिने उनले बताए।

यसका लागि हदम्याद नतोकिएको उनको भनाइ रहेको छ । प्रदेश नम्बर १ मा ९२ वटा उजुरी दर्ता भएको हो । सबैभन्दा धेरै मिटरव्याजको उजुरी मधेश प्रदेशमा रहेका छन । खाणका अनुसार मधेश प्रदेशमा एक हजार तीन सय ३० उजुरी दर्ता भएका छन। बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बिनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी आएको गृहमन्त्री खाणले बताए ।

सम्बन्धित खबर