LIVE
मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! | एकमहिना नपुग्दै ढल्यो सोनल सरकार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल विश्वासको मत आज लिदै | कमला नदीको देव मेलाः आस्थासँगै पर्यटन र व्यापार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल २२ कार्तिकमा विश्वासको मत लिने | माओवादी केन्द्र संसदीय दलका नेतामा पुनः साह | जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न |

महोत्तरीमा शिक्षकको कुटाइबाट एक जना छात्रा घाइते भएकी छन् । औरही नगरपालिकास्थित प्रसाद माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा ६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापूर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलासा भएको छ ।

छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै निर्घात कुटेको छात्राको परिवारको आरोप रहेको छ । बालिकाको शरीरभरी लठ्ठीको चिन्ह देखिएको छ । यसैको पीडाले ज्वरो आएको उपचारमा संग्लन स्वास्थ्यकर्मीले जानकारी दिएका छन । विद्यालयले पनि शिक्षक यादवले कुटेको स्विकार गरेका छन ।

कुटाइपछि होहल्ला भएपछि अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ । विद्यालयका प्रधानाध्यापक शिवशरण यादवले आफुहरुलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजेको तर आफुहरले नमानेको बलिकाका बुबा साजेन्द्र महराले बताए ।

सम्बन्धित खबर