LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

महोत्तरीमा शिक्षकको कुटाइबाट एक जना छात्रा घाइते भएकी छन् । औरही नगरपालिकास्थित प्रसाद माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा ६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापूर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलासा भएको छ ।

छात्राको अहिले अस्पतालमा उपचार भइरहेको छ ।विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै निर्घात कुटेको छात्राको परिवारको आरोप रहेको छ । बालिकाको शरीरभरी लठ्ठीको चिन्ह देखिएको छ । यसैको पीडाले ज्वरो आएको उपचारमा संग्लन स्वास्थ्यकर्मीले जानकारी दिएका छन । विद्यालयले पनि शिक्षक यादवले कुटेको स्विकार गरेका छन ।

कुटाइपछि होहल्ला भएपछि अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ । विद्यालयका प्रधानाध्यापक शिवशरण यादवले आफुहरुलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजेको तर आफुहरले नमानेको बलिकाका बुबा साजेन्द्र महराले बताए ।

सम्बन्धित खबर