LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका हुन । शनिबार शीतल निवासमा भएको भेटमा लोसपाका नेताहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन । उनीहरुले भनेका थिए, ‘कुनै पनि बोनाफाइड नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनु हुदैन ।’

राष्ट्रपतिलाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरु शितल निवास पुगेको थियो । प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकमा भएका विषयवस्तु, अध्यादेशका रुपमा राष्ट्रपतिले पनि जारी गरिसकेको भन्दै उनीहरुले धेरै चिन्ता गर्न नपर्ने बताएको थियो ।

जवाफमा राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँ र क्षेत्र विशेषको नभई राष्ट्रिय समस्या भएको र यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् । ‘उहाँले सकारात्मक कुरा नै गर्नुभएको छ’, छलफलमा सहभागी लोसपाका नेता जितेन्द्र सोनल भनेका छन ।

सम्बन्धित खबर