LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम स्थित रेल्वे विभागको कार्यालयमा पीडितहरु धर्नामा बसेका छन् । रेल्वेको लिक तथा भवन निर्माण अन्तर्गत परेको जग्गाको मुआवजाको माग गर्दै उनीहरु आइतवार महोत्तरीको बर्दिबासबाट आएर जनकपुरधाम स्थित कार्यालयमा धर्नामा बसेका छन् । पीडितहरुले जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित वर्गाीकरण अनुसारको दररेट कायम गर्नुपर्ने माग गर्दै धर्नामा बसेका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले मनमानरु गरेर कम मुआब्जा दिन चाहिरहेको आरोप लगाए । पीडितहरुले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकसँग आफ्नो कुरा राख्दा महाप्रबन्धक निरञ्जन झाले जग्गा मुआब्जाको जिम्मा कम्नीमा नभई विभाग अन्तर्गत रहेकाले यसमा आफुले केही गर्न नसक्ने जवाफ दिए ।

महाप्रबन्धक झाले पीडितहरुले राखेको धारणालाई विभागमा पु¥याइदिने तर यसमा आफु केही गर्न नसक्ने पीडितहरुलाई बताए । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्ममा तीन चरणमा काम हुँदैछ । पहिलो चरण अन्तर्गत जयनगरदेखि जनकपुरधामको कुर्थासम्म निर्माण पुरा भई रेल्वे सेवा सञ्चालनमा आइसकेको छ । दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म निर्माण गर्ने योजना रहेको छ ।

सम्बन्धित खबर