LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम स्थित रेल्वे विभागको कार्यालयमा पीडितहरु धर्नामा बसेका छन् । रेल्वेको लिक तथा भवन निर्माण अन्तर्गत परेको जग्गाको मुआवजाको माग गर्दै उनीहरु आइतवार महोत्तरीको बर्दिबासबाट आएर जनकपुरधाम स्थित कार्यालयमा धर्नामा बसेका छन् । पीडितहरुले जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित वर्गाीकरण अनुसारको दररेट कायम गर्नुपर्ने माग गर्दै धर्नामा बसेका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले मनमानरु गरेर कम मुआब्जा दिन चाहिरहेको आरोप लगाए । पीडितहरुले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकसँग आफ्नो कुरा राख्दा महाप्रबन्धक निरञ्जन झाले जग्गा मुआब्जाको जिम्मा कम्नीमा नभई विभाग अन्तर्गत रहेकाले यसमा आफुले केही गर्न नसक्ने जवाफ दिए ।

महाप्रबन्धक झाले पीडितहरुले राखेको धारणालाई विभागमा पु¥याइदिने तर यसमा आफु केही गर्न नसक्ने पीडितहरुलाई बताए । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्ममा तीन चरणमा काम हुँदैछ । पहिलो चरण अन्तर्गत जयनगरदेखि जनकपुरधामको कुर्थासम्म निर्माण पुरा भई रेल्वे सेवा सञ्चालनमा आइसकेको छ । दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म निर्माण गर्ने योजना रहेको छ ।

सम्बन्धित खबर